एजेन्सी ,३१ जेठ ।
विभिन्न खाडी मुलुकले सम्बन्ध विच्छेद गरेपछि आत्मनिर्भर हुने बाटो पहिल्याउँदै गरेको कतारले मुलुकमा दूधको कमी हुन नदिन विदेशबाट गाई ल्याएर विशाल फार्म संचालन गर्ने भएको छ ।कतारका व्यवसायी मौतज अल खयतले अमेरिका र अस्ट्रेलियाबाट ४ हजार गाई विमान मार्फत ल्याएर दूध उत्पादन गर्ने भएका छन् ।
पावर इन्टरनेशनल होल्डिङ कम्पनीका अध्यक्ष मौतजले कतारमा ताजा दूधको आपूर्तिका लागि गाई ल्याउन लागेको समाचार एजेन्सीहरुले जनाएका छन् ।
‘अहिले कतारका लागि काम गर्ने समय भएके भन्दै उनले अस्ट्रेलिया र अमेरिकाबाट खरिद गरिएका गाईलाई कतार एयरवेजको विमानबाट ल्याइने बताए ।
यसै महिनाको अन्त्यदेखि दूध उत्पादन भइसक्ने बताइएको छ । यसका लागि करिब ६० वटा उडान लाग्ने अनुमान गरिएको छ ।
दोहाबाट ५० किलोमिटरको दूरीमा मोताजले डेरी फार्म संचालन गर्ने भएका छन् । भौतिक पूर्वाधारको काम भइसकेको जनाइएको छ ।
कतारमा हाल टर्कीबाट दूग्ध उत्पादन आपूर्ति हुने गरेको छ । त्यसैगरी ईरानबाट तरकारी तथा फलफूल आयात हुने गरेको छ ।