एजेन्सी ,जेठ ३०।
रुसमा प्रदर्शनको तयारीमा रहेका विपक्षी नेता अलेक्सिस नाभाल्नीलाई सरकारले पक्राउ गरेको छ । नाभाल्नीलाई एक महिना सम्म हिरासतमा राखिने जनाइएको छ ।
आफ्ना समर्थकलाई भष्टाचारविरुद्धर्को यालीमा सहभागी हुन आह्वान गरेको आरोपमा नाभाल्नीलाई उनकै निवास मस्कोबाट पक्राउ गरिएको हो ।
उनी सहित सयभन्दा बढी समर्थकलाई पक्राउ गरिएको छ भने पक्राउ पर्नेमा नाम चलेका अभियानकर्ता पनि रहेको अन्तराष्टिय सञ्चारमाध्यमले जनाएका छन् ।
नाभाल्नी अर्को वर्ष हुने राष्ट्रपति निर्वाचनमा उठ्ने तयारीमा रहेकै बेला हिरासतमा लिइएको हो । यस घटनाप्रति आपत्ति जनाउँदै समर्थकहरुले बिरोध गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline