जर्मन चान्सलर मर्केल र अफ्रिकी नेतावीच भेट

जर्मन चान्सलर मर्केल र अफ्रिकी नेतावीच भेट

  • सोमवार, जेष्ठ २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

बर्लिन (जर्मनी), २९ जेठ । जर्मन चान्सलर एन्गेला मर्केलले आगामी महिना हुने भनिएको जी–२० समूहको सम्मेलनको पूर्वाद्र्धमा सोमबार अफ्रिकी नेताहरूसँग छलफल गर्दै उक्त क्षेत्रको सुधारका लागि विशेष पहल गर्ने जनाउनुभएको छ ।
‘जी–२० अफ्रिका सहकार्य, साझा भविष्यका लागि लगानी’ नाम दिइएको भेलाको सोमबार बर्लिनमा जर्मन चान्सलर मर्केलले उद्घाटन गर्नुभयो ।
सम्मेलनमा अफ्रिकी यूनियनको चक्रिय प्रणाली अन्तर्गत नेतृत्व सम्हालेका इजिप्ट तथा गिनीका राष्ट्रपतिसमेत पाहुनाका रुपमा सहभागी बन्नुुभएको छ ।
भेलामा जर्मनले ३३ करोड ३५ लाख अमेरिकी डलरको बराबरको सहयोग अफ्रिकी मुलुकलाई दिने घोषणा गरेको बताएको छ ।
जर्मनीका विकासमन्त्री गर्ड मुलरले आफ्नो मन्त्रालयले भ्रष्टाचार, पारदर्शिता र मानव अधिकारको कार्यान्वयनमा जर्मनीका बाटो अख्तियार गर्ने मुलुकहरूलाई प्रोत्साहन गर्ने बताउनुभयो ।
मर्केलले अर्थतन्त्रका हिसावले विश्वका प्रमुख बीस शक्तिराष्ट्रहरूको समूह (जी–२०)को बार्षिक सम्मेलन जर्मनीको हमवर्गमा जुलाईको पहिलो साता हुदैछ र यसको आयोजना जर्मनीले गर्दैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी