भाजपाद्धारा राष्ट्रपतीको चयनका लागि समिति गठन

भाजपाद्धारा राष्ट्रपतीको चयनका लागि समिति गठन

  • सोमवार, जेष्ठ २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

नयाँदिल्ली, २९ जेठ । भारतीय जनता पार्टीद्धारा नयाँ राष्ट्रपति चयनका लागि प्रमुख पार्टीहरुको साझा धारणा बनाउनका लागि तीन सदस्यीय एउटा समिति बनाएको छ ।
समितिले विपक्षी पार्टीलाई समेत सहमतिमा ल्याउने प्रयास गर्ने सो पार्टीका नेताहरुले जानकारी दिएका छन् ।
समितिमा नेताहरु अरुण जेट्ली, राजनाथ सिंह र वेनकिआह नायडु रहनु भएको छ । वर्तमान राष्ट्रपति प्रणव मुखर्जीपछिको राष्ट्रपतिका लागि विपक्षी र सत्तारुढ गठबन्धनको तर्फबाट समितिले उम्मेदबार छान्नेछ ।
“हाम्रो पार्टीका अध्यक्ष अमित शाहले राष्ट्रपतिय निर्वाचनका लागि विभिन्न प्रदेशहरुमा हुने कार्यक्रमहरुमा जाने तत्कालिन कार्यतालिकाहरु स्थगित गरेर सहमतीमा यो कामका लागि तीन सदस्यीय समिति गठन गरिएको छ,” विजेपीका एक नेताले भन्नुभयो ।
राष्ट्रपति मुखर्जीको कार्यकाल यही २५ जुलाईमा सकिन लागेको छ । उहाँ गत सन् २०१२ मा पाँच बर्षे कार्यकालका लागि निर्वाचित हुनु भएको थियो ।
विपक्षी पार्टीहरुले पनि काँग्रेस पार्टीकी अध्यक्ष सोनीया गान्धीसँग केही समय यस विषयमा छलफल गरेका छन् ।
विजेपी होस् वा विपक्षी दुवै पक्षले राष्ट्रपतीय निर्वाचनका लागि चाँडै नै उम्मेदबारी दर्ता गर्नुपर्ने भएको छ ।
उम्मेदवारी दर्ता जुन १४ देखि जुन २८ सम्ममा गर्न पाइने कार्यतालिका रहेको छ । मतदान भने जुलाई १७ का दिन गर्ने तय भएको छ ।
राष्ट्रपति निर्वाचनका लागि भारतमा तल्लो र माथिल्लो गरी दुवै सदनका सदस्यहरु र सवै प्रदेश संसदका निर्वाचित सदस्यहरुले मतदान गर्ने व्यवस्था रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी