एजेन्सी, २८ जेठ ।
अफगानिस्तानमा सैन्य अभ्यासका क्रममा अफगान सैनिकले चलाएको गोली लागेर तीन अमेरिकी सेनाको मृत्यु भएको छ ।
हेलमन्द प्रान्तमा रहेको आचिनमा संयुक्त अभ्यासका क्रममा अफगान सैनिकले अमेरिकी सैनिकमाथि गोली प्रहार गर्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा अर्का एक अमेरिकी सैनिक घाइते भएका छन् । हत्या गर्ने अफगान सैनिक पनि जवाफी कारबाहीमा मारिएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।
यसअघि पनि अमेरिकी र अफगान गठबन्धन सेनाको संयुक्त अभ्यासका क्रममा अमेरिकी सैनिकले दुईजना अफगान सेनाको गोली हानी हत्या गरेका थिए ।
अफगानिस्तानमा विगत तीन वर्षदेखि तालिवानविरुद्धको कारबाहीमा अमेरिकी गठबन्धन सेना तैनाथ गरिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline