गर्भवती बन्न क्लिनिक आएका महिलामाथि यी डाक्टरले…

गर्भवती बन्न क्लिनिक आएका महिलामाथि यी डाक्टरले…

  • बुधबार, जेष्ठ २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

जब म युवा थिए तब एक डाक्टरको तस्बिर देखेर म कामे’, ३० वर्षीय नेदरल्याण्डका जोए हुडम्यानले अप्रिलमा एक टेलिभिजन कार्यक्रममा का छन् , ‘मेरो दिमाग नै भ्रमित भएको थियो, स्तब्ध थिए र करिब चक्कर लागेर ढलेको थिए ।’ तर हुडम्यानले जो तस्बिर देखेका थिए, त्यो जेन कारबाटको थियो ।

कारबाट एक डाक्टर थिए, जसको केही साताअघि मृत्यु भएको थियो र गर्भाधानको उपचारका क्रममा उनले आफ्नै शुक्राणु दिएको आरोप छ । अहिलेसम्म १८ जनाले डिएनए जाँच गराउँदा ति डाक्टरका एक सन्तानको डिएनएसँग मेल खाएको छ ।

कारबाट रोटरडमस्थित एक फर्टिलिटी क्लिनिकका प्रमुख थिए । सन् १९८० देखि २००९ को बिचमा उपचाका क्रममा हजारौं महिलाले उनलाई भेटेका थिए ।

यसअघि सन् १९७० को दशकमा उनी जुन अस्पतालमा जोडिएका थिए, त्यहाँ पनि उनीमाथि शुक्राणु परिवर्तन गरेको आशंका थिए । २५ जनाले मुद्दा हालेर कारबाटले उपचारका क्रममा आफ्नै शुक्राणु प्रयोग गरेका थिए वा थिएनन् भन्ने पत्ता लगाउन माग गरेका छन् ।

जुरिड अस्पतालले यस विषयमा अध्ययन सुरु गरिएको जनाएको छ । उनको ८९ वर्षको उमेरमा यसैवर्ष निधन भइसकेको छ । उनले आफ्नो इच्छापत्रमा आफ्नो डीएनएको नमुना नलिन भनेका थिए ।

डाक्टर कारबाटसँग अनुहार, कदलगायत धेरै कुरा मिल्नुका बाबजुद हुडम्यानले टेलिभिजन अन्तर्वार्ताका क्रममा आफू डाक्टर कारबाट आफ्ना बाबु भएको स्पष्ट रुपमा भन्न नसक्ने बताएका थिए ।

हुडम्यानले भने, ‘हुन पनि सक्छ, डिएनए जाँचको नतिजा पर्खिनु पर्छ । धेरै महत्वपूर्ण भएकाले यो विषय अदालतमा समेत छ ।’ हुडम्यान जस्तै ३६ वर्षकी मोनिएक वासेनार पनि यस्तै अफसोचमा छिन् । उनले भनिन्, ‘कुराकानीका क्रममा डाक्टर स्वयमले यो कुरा स्वीकार गरेका छन् ।’

न्युयोर्क टाइम्सका अनुसार वासेनार सन् २०११ मा डाक्टरसँग भेट्न जाँदा वासेनारसँग आफ्नो हात देखाउन भनेका थिए । उनले भनिन्, ‘उनकी छोरीमध्ये म एक हुनसक्छु ।’

यी महिलाले डाक्टरले विरामीले रोजेको वीर्यदाताको शुक्राणुको सट्टा आफ्नो शुक्राणु प्रयोग गरेको स्वीकार गरेको उनको दाबी गरेकी थिइन् । वासेनारका अनुसार डाक्टरले भनेका थिए, ‘उनले मानवीयताका लागि आफ्नो शुक्राणु दान गरिरहेका थिए र संसारमा उनका कम्तीमा पनि ६० जना सन्तान यो संसारमा रहेका छन् ।’

यो सबै घटना सन् १९७० को दशकमा भएको थियो । कारबाटले सबै जसो महिलाले धेरै पढेलेखेका व्यक्तिको वीर्य चाहने गरेको समेत ती महिलाले बताएकी छन् ।

कारबाट लिडन युनिभरसिटीबाट मेडिकल शिक्षा हासिल गरेपछि १९७३ मा बिड्राप डोनेशन क्लिनिकमा नोकरी सुरु गरेका थिए । उनले त्यहाँ आफ्नो शुक्राणु दान गरे र हरेक वर्ष ठूलो संख्यामा दाता समेत आउने गर्दथे ।

यहाँबाट नेदरल्याण्डको अर्को क्लिनिकमा समेत शुक्राणु पठाइन्थ्यो । अनियमितताको उजुरीपछि नेदरल्याण्डस्को स्वास्थ्य मन्त्रालयले सन् २००९ मा यो क्लिनिकलाई बन्द गर्न आदेश दिएको थियो । अदालतमा पुगेको यो मुद्दाको २ जुनमा फैसला हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी