BREAKING NEWS: इरानको संसद भवन भित्र आक्रमण , दुईको मृत्यु केहि घाईते

BREAKING NEWS: इरानको संसद भवन भित्र आक्रमण , दुईको मृत्यु केहि घाईते

  • बुधबार, जेष्ठ २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

एजेन्सी , २४ जेठ ।

इरानको संसद तथा पूर्व सर्वोच्च नेता अयातोल्लाह खामेनीको समाधिस्थलमा हतियारधारी समुहले बुधवार गरेको आक्रमण २ जनाको मृत्यु भएको छ । केही घाइते छन् ।

नेपाली समयअनुसार बुधवार बिहान पौने १२ बजेतिर आक्रमण भएको हो ।संसद परिसरमा भएको गोलाबारीमा १ सृुरक्षा गार्डको मृत्यु भएको छ भने अन्य केही हताहती भएका छन् ।

संसद भवनभित्र ५ जना भन्दा बढी व्यक्ति राईफल तथा पेस्तोलसहित प्रवेश गरी आक्रमण गरेको एक सांसदलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

संसद भवनमा अझै ३ जना हतियारधारी लुकेर बसेकाले खतरा कायमै रहेको स्थानीय समाचार संस्थालाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

यस्तै, तेहरानको दक्षिणमा रहेको रइस्लामिक गणतन्त्रका संस्थापक अयोतल्लाह खामेनीको पवित्र समाधिस्थल घुम्न पुगेका सर्वसाधारणमाथि ३ जना हतियारधारीले आक्रमण गरेका छन् ।

समाधिस्थल बाहिर एउटा आत्मघाती बम बिस्फोट समेत गराइएको थियो । त्यहाँ १ सर्वसाधारणको मृत्यु भयो भने ५ जना घाइते छन् ।

संसदबाट केही किलोमिटर दुरीमा रहेको समाधिस्थलमा पनि एकै पटक भएको आक्रमण योजनाबद्ध भएको आशंका गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी