एजेन्सि, जेठ २२ ।
अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको इमाम साहिब जिल्लामा अवस्थित एक जाँच चौकीमा तालिवान आतङककारी समूह र सुरक्षाबलबीच भएको भडपमा परी १० आतङ्ककारीसहित १३ को मृत्यु भएको जिल्ला गभर्नर अमानु दिन क्युरिसीले बताउनुभएको छ । यस झडपमा तीन सुरक्षाकर्मीले पनि ज्यान गुमाउनुपरेको छ ।
इमाम साहिब जिल्लामा आइतबार भीषण आक्रमणको योजना बनाएका तालिवान आतङ्ककारी समूह असफल भएका र उनीहरुले सुरु गरेका झडपमा परी उनकै १० लडाकू मारिनुको साथै अन्य आठजना घाइते भएका थिए ।
तालिवान आतङ्ककारी समूहले भने यस झडप र अवस्थाको कुनै टिप्पणी गरेका छैनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline