पाकिस्तानले माग्यो लुम्बिनीबाट बेपत्ता पूर्व कर्नेलबारे भारतसँग औपचारिक जानकारी

पाकिस्तानले माग्यो लुम्बिनीबाट बेपत्ता पूर्व कर्नेलबारे भारतसँग औपचारिक जानकारी

  • शुक्रबार, जेष्ठ १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं ,१९ जेठ ।

पाकिस्तानले नेपालको लुम्बिनीबाट बेपत्ता भएका आफ्ना पूर्व सैन्य अधिकारी मोहम्मद हबिब जाहिरको अवस्थाबारे भारतसँग जानकारी माग गरेको छ ।

पाकिस्तान सरकारले लुम्बिनीबाट बेपत्ता भएका पाकिस्तानी सेनाका पूर्व कर्णेल जाहिरको अवस्थाबारे इस्लामावादस्थित भारतीय मिसनसँग औपचारिक रुपमा जानकारी माग गरेको हो । अन्तिम पटक गत चैत २४ गते भैरहवास्थित लुम्बिनी बिमानस्थलमा देखिएका हबिबबारे इस्लामावादले पहिलो पटक दिल्लीसँग जानकारी माग गरेको हो।

पाकिस्तानले हबिबको खोजी गर्न नेपाल सरकारसँग आग्रह गरेको थियो तर नेपालले भने अहिले पनि अनुसन्धान भैरहेको बताउँदै आएको छ ।

पाकिस्तानी सेनाको गुप्तचार संस्था आइएसआइका लागि पूर्व अधिकारी हबिब काठमाडौंबाट लुम्बिनी पुग्ने वित्तिकै बेपत्ता भएका थिए।
भारतीय सञ्चार माध्यमहरुले जासुसीको आरोपमा पाकिस्तानमा मृत्युदण्डको सजाय सुनाइएका भारतीय नौ सेनाका पूर्व अधिकारी कुलभूषण जादव प्रकरणको नयाँ ट्विट्सको रुपमा यसलाई व्याख्या गरेका छन्।

बेनामे सुरक्षा अधिकारीलाई उद्धृत गर्दै दिएको समाचारहरुमा जासुसीको अभियोगमा मृत्युदण्डको सजाय पाएका भारतीय नौसेनाका पूर्व अधिकारी जादवको सुरक्षित रिहाइका लागि हबिबलाई भारतीय पक्षले अपहरण गरेको बताइएको थियो।

भारतीय पक्षले उनीबारे कुनै जानकारी नभएको जनाएपनि पाकिस्तानी सरकारले भने भारतीय गुप्तचार संस्था ’रअ’ ले अपहरण गरी आफ्नो हिरासतमा राखेको बताउँदै आएको छ।

हबिबको परिवारले नेपालमा राष्ट्रसंघमा प्रतिमहिना साढे ८ हजार अमेरिकी डलरको नोकरीको प्रस्ताव आएपछि नेपाल आएको बताएका छन्। त्यसका लागि हबिबलाई हबाइ टिकट समेत पठाइएको बताएको छ। पाकिस्तानी सञ्चार माध्यमहरुले हबिब भारतीय गुप्तचर संस्था ’रअ’ को रोजगारीको जालमा पारेर अपहरण गरेको बताउँदै आएका छन्।

जासुसीको आरोपमा जादबविरुद्ध पाकिस्तानी सैनिक अदालतले मुत्युदण्डको सजाय सुनाएको बारे भारत र पाकिस्तानबीच द हेगस्थित अन्तर्रा्ष्ट्रिय अदालतमा कानुनी लडाइ जारी रहेको समयमा इस्लामावादले औपचारिक रुपमा दिल्लीसँग हबिबको जानकारी मागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी