सेनाको हेलिकोप्टर दुर्घटना अुँदा १३ सैनिकको मृत्यु, रक्षामन्त्री घटनास्थलमा

सेनाको हेलिकोप्टर दुर्घटना अुँदा १३ सैनिकको मृत्यु, रक्षामन्त्री घटनास्थलमा

  • बिहिबार, जेष्ठ १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

अङ्कारा, १८ जेठ । टर्कीको सिनाक प्रदेशमा बुधबार अवेर राती टर्की सेनाको हेलिकप्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परी १३ जना सैनिकले ज्यान गुमाएका छन् ।
सिर्नाक प्रदेशको सेनोबाबाट १३ जना सैनिकलाई लिएर उडेको हेलिकोप्टर दुर्घटनामा परेको सेनाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
स्थानीय समयाअनुसार बुधबार २०ः५५ राती बजे उडेको केही समयमै ‘हाइभोल्टेज’का कारण हेलिकोप्टर दुर्घटना भएको विज्ञप्तिमा उल्लेख छ ।
टर्कीका रक्षा मन्त्री फिक्रि इसिक दुर्घटनाका बारेमा बुझ्न घटनास्थलमा पुग्नु भएको छ ।
सेनोबा जिल्लाको नजिकै टर्की र इराकको सिमानामा दुर्घटना भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
दुर्घटनाका बारेमा विस्तृत विवरणको प्राप्त गर्नको लागि अनुसन्धान टोली घटनास्थलमा पठाइ सकिएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी