श्रीलङ्कामा बाढी पहिरोः एक सय सतहत्तरको मृत्यु, एक सय भन्दा बढी बेपत्ता

श्रीलङ्कामा बाढी पहिरोः एक सय सतहत्तरको मृत्यु, एक सय भन्दा बढी बेपत्ता

  • सोमवार, जेष्ठ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

श्रीलङ्का, १५ जेठ । श्रीलङ्कामा मनसुन–पूर्वको भीषण वर्षातपछिको बाढी र पहिरोमा परेका कारण मृत्यु हुनेको सङ्ख्या सोमबार अपरान्ह्सम्म १७७ पुगेको यहाँको विपद व्यवस्थापन निकायले जनाएको छ ।

बाढीकाकारण १०९ जना वेपत्ता भएका छन् भने करिव पाँच लाख व्यक्ति विस्थापित भएका छन् उक्त संस्थाले जनाएको छ ।

उद्धारका कार्यमा सरकारले करिव एक हजार आठसय सेना, एक हजार एकसय नौसेना तथा विभिन्न सङ्घसंस्थामा कार्यरत सयांै तालिमप्राप्त जनशक्तिको परिचालन गरिरहेको छ । प्राप्त जानकारी अनुसार बाढीले करिब दुई हजार घरमा पूर्ण क्षति पु¥याएको छ भने बाढीग्रस्त क्षेत्रका मानिसलाई खाद्यान्न लगायतका आधारभूत सामग्रीको आवश्यक देखिएको छ ।

सेनाको मातहतमा सञ्चालित उद्धारकार्यको क्रममा पाँच लाखभन्दा बढी जनतालाई बाढी पहिरो प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ ।

श्रीलङ्काको प्रमुख सामुन्द्रिक द्वीपका दक्षिणी र पश्चिमी क्षेत्रहरूका समथर क्षेत्रमा गत शुक्रबार आएको बाढीे र पहिरो विगतका १४ वर्ष यताकोे सबभन्दा ठूलो भएकोे छ ।

समथर भूभाग भएका तल्ला इलाका अझै पनि जलमग्न भई पूरै डुबानमा परेको छ ।

सरकारले हेलिकोप्टर, प्रहरी, सेना तथा स्थानीय सङ्घसंस्थाको सहयोगमा घटनामा पीडित नागरिकको उद्धार र बेपत्ता भएकाहरूको खोजीलाई निरन्तरता दिएको छ ।

संयुक्त राष्ट्रंङ्घीय बिश्व स्वास्थ सङ्गठन, बिश्व बालबालिका कोष, भारत, पाकिस्तान लगायत अन्य मुलुकले यस बाढी पहिरो पीडित जनताहरूलाई उल्लेखनीय परिमाणमा खाद्यान्न, लत्ता कपडा तथा अन्य उद्धार सामाग्रीको सहयोग पठाइ रहेका छन् ।

गतः वर्ष आएको भीषण मनसूनी वर्षात्का कारण ठाउँठाउँमा भएका बाढी र पहिरोका घटनामा एकसय जनाभन्दा बढीको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी