कहालिलाग्दो लादेन मारिएको त्यो रात : पत्नी अमालले सुनाईन कहानी

कहालिलाग्दो लादेन मारिएको त्यो रात : पत्नी अमालले सुनाईन कहानी

  • सोमवार, जेष्ठ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

 

एजेन्सी । चरमपन्थी संगठन अल कायदाका तत्कालीन प्रमुख ओसामा बिन लादेनको एक मे २०११ को रात अमेरिकी सैनिकले पाकिस्तानमा हत्या भयो ।

अमेरिकी सैनिकको यो अपरेशनको कहानी थुप्रै पटक भनिसकिएको छ । तर, पहिलो पटक लादेनकी चौथी पत्नी अमालले त्यो रातको घटनाबारे मिडियामा सार्वजनिक गरिन ।

अमालले स्कार्ट क्लार्क र एड्रिन लेवीसँग आफ्नो किताब ‘द एग्जाइलः द फ्लाइट अफ ओसामा बिन लादेन अबाउट द लास्ट फ्यू मिनेट्स अफ ९/११ मास्टरमाइन्ड्स लाइफ’ का लागि कुराकानी गरेकी हुन् । यो किताबको एक अंश सन्डे टाइम्स यूकेमा छापिएको छ ।

रातको खाना खाएर प्लेट सफा गरेपछि लादेन परिवारले नमाज पढेका थियो । त्यसपछि लादेन आफ्नी पत्नीका साथ माथिल्लो तलको बेडरुममा गए । १ मे, २०११ को राति ११ बजे अलकायदा प्रमुख लादेन गहिरो निन्द्रामा गइसकेका थिए ।

पाकिस्तानको एबट्टाबादमा ओसामाको एक गोप्य घरमा अचानक बिजुली गयो । पुरा घर अँध्यारो भयो । पाकिस्तानमा बिजुली जानु सामान्य कुरा हो । त्यसैले ओसामाका परिवारले पनि यसलाई खासै ध्यान दिएनन् ।

आधा रातमा अचानक अमालको निद्रा खुल्यो । उनले केही सुनिन् र उनलाई डर लागिसकेको थियो किनकी कोही घरमा चढिरहेको जस्तो लाग्यो । कोही झ्याल पास गर्दै गए जस्तो लाग्यो किनकी उनले छायाँ देखेकी थिइन् । गडगडाहटको आवाज आयो, जुन अझ बढ्दै गयो ।

अमालले बताए अनुसार लादेन अचानक उठे । उनको अनुहारमा डर प्रष्टै देखिन्थ्यो । लादेनले अमाललाई समाते । अमालले भनेकी छन्, हामी माथि घुमिरहेको चिज हिंस्रक रुपमा देखिएको थियो । हामी दुबै भाग्यौं ।’

घरको भित्ताहरु अचाकन हल्लियो । अमालले बताए अनुसार उनीहरु बाल्कुनीको ढोकामा अध्याँरोमा भित्र आउँदै थिए । अमेरिकाको एक ब्लाक हक हेलिकोप्टर घर नजिकै देखियो । केहीबेरमा अर्को हेलिकोप्टर पनि पुग्यो । लगतै अमेरिकी सेनाको स्पेशल टिम पनि उपस्थित भयो, जो घरको दोस्रो तलाको बेडरुमसम्म पुगिसकेको थियो ।

अमाललाई लाग्यो, कसैले उनीहरुलाई धोका दिए । ओसामा बिन लादेनको जीवनको अन्तिम मिनेटबारे अमालले किताबका लागि दिएको अन्तरवार्तामा भनेकी छन् । बर्षौदेखि यो घरमा लादेन परिवार बन्द थियो ।

ओसामाले आफ्नी पत्नीलाई बच्चाहरुसँगै तल जानका लागि भनेका थिए । उनले यो पनि भनेका थिए कि उनीहरु मलाई मार्न चाहन्छन्, तिमीहरुलाई होइन । तर अमालले आफ्ना छोरा हुसेनलाई ओसामा सँगै रहन आग्रह गरेकी थिइन् ।

अमालले भनिन्, ‘हेलिकप्टरको आवाजका कारण उनको निद्रा खुलेको थियो, र उनेल भने कि अमेरिका आयो । एक शक्तिशाली आवाज त्यतिबेलै आयो जसले माही बसेको घर नराम्रोसँग हल्लियो । हामी एक अर्कालाई समात्दै बालकोनीमा लुकेका थियौं ।’

‘त्यस रात जुन लागेको थिएन, त्यसैले एक अर्कालाई देख्न सकिन्नथ्यो । अमेरिकी सैनिक हाम्रो घर नजिकै पुगिसकेका थिए । सेहम र खालिदले अमेरिकी सैनिक आफूहरुतर्फ आइरहेको हेरिरहेका थिए ।’

अमालले भनिन् कि कसैले उनीहरुको घरको बारेमा सबै जानकारी चुहाएको थियो । अमालले भनिन्, ‘यो निश्चित हो कि कसैले हामीबिरुद्ध धोका गरेको गियो । उनलाई यस्तोखाले हमलाको बिल्कुलै आशंका थिएन ।’

यस क्रममा ओसामाले खालिदलाई बोलाए । उनले एके ४७ राइफल उठाए । यद्यपी अमाललाई थाहा थियो कि खालिद बन्दुक चलाउन सक्दैन, किनकि उ जम्मा १३ बर्षको थियो । बच्चाहरु रोइरहेका थिए, अमाल उनीहरुलाई सान्त्वना दिइरहेकी थिइन् । त्यतिबेलासम्म अमेरिकी सैनिक टप फ्लोरसम्म पुगिसकेका थिए । त्यसपछि सबै समाप्त हुन समय लागेन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी