इजिप्टमा बन्दुकधारी एक समूहले क्रिस्चियन धर्मावलम्बीमाथि आक्रमण गर्दा कम्तीमा पच्चीसको मृत्यु

इजिप्टमा बन्दुकधारी एक समूहले क्रिस्चियन धर्मावलम्बीमाथि आक्रमण गर्दा कम्तीमा पच्चीसको मृत्यु

  • शुक्रबार, जेष्ठ १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

इजिप्ट, १२ जेठ । इजिप्टको दक्षिणी मिन्था प्रान्तमा शुक्रबार एक अज्ञात बन्दुकधारीको सूहले बस चढेर चर्चमा गइरहेका क्रिस्चियन धर्मावलम्बीलाइृ आक्रमण गर्दा कम्तीमा २५ जनाको मत्यु भएको  छ । घटनामा सोही बसका २३ जना घाइते भएका छन् ।

दुई वटा कारमा करिब १० जनाको समूह आएर कायरोदेखि दक्षिणमा अवस्थित स्यामुएल मोनास्ट्री (मठ) तर्फ हिँडेका दुई बसलाई रोकी बसमा रहेका तीर्थयात्रीमाथि अन्धाधुन्ध गोली चलाउँदा २५ जनाको मृत्यु भएको र सोही सङ्ख्यामा घाइते भएको स्थानीय सुरक्षाकर्मीलाई उद्धृत गर्दै सिन्ह्वा संवाददाताले जनाएका छन् ।

स्रोतले बसमा सबै जना धार्मिक समारोहमा सहभागी हुन हिँडेका क्रिस्चियन धर्मावलम्बीहरु रहेका पुष्टि गरेको छ । घटनाप्रति कुनै पनि समूहले अहिलेसम्म जिम्मेवारी लिएको छैन ।

इजिप्टको करिब नौ करोड २० लाख जनसङ्ख्यामध्ये करिब १० प्रतिशत कोप्टिक क्रिस्चियनको बसोबास रहेको छ । गत डिसेम्बरदेखि उनीहरु इस्लामिक अतिवादी समूहको निसाना बन्दै आएका छन् ।

यसअघिका क्रिस्चियन धर्मावलम्बीमाथि भएका आक्रमणको इस्लामिक स्टेट (आईएस) समूहले जिम्मेवारी लिएका थिए । पछिल्लो पटक मे १९ मा आईएसद्वारा सार्वजनिक दृश्यचित्रमा सो समूहले गैरमुस्लिम समूहमाथि जहाँकहीँ आक्रमण गर्ने चेतावनी आएको थियो ।

आक्रमण इजिप्टको शान्ति र स्थायित्वमाथिको आक्रमणमाथिको आक्रमण भएको इजिप्टको शून्य समूह शेख अल अजारका महमद अल तैयवले बताउनुभयो । उहाँले इजिप्टवासीलाई यस्ता जघन्य आतङ्कवादी आक्रमणविरुद्ध उक भएर मुकाविला गर्न आग्रह गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी