बेलायत, १२ जेठ ।
बेलायतका राजनीतिज्ञहरुले म्यान्चेस्टरमा केहीदिन अघि भएको हिंसात्मक हमलाका कारण असुरक्षा रहेको भन्दै आज निर्वाचन प्रचारप्रसार अभियान नै रोकेका छन् ।
राष्ट्रिय सुरक्षामा चुनौती अनुभव गरिएको भन्दै आजदेखि निर्वाचन अभियान स्थगित गरिएको बताइएको छ ।
बेलायतको म्यान्चेस्टरमा गत सोमबार एउटा सांगितीक कार्यक्रम भईरहेको ठाँउमा भएको आतङ्कवादी हमलामा परी २२ जनाको मृत्यु भएको थियो भने, अरु कैयौ घाइते भएका थिए ।
विस्फोटनको घटनामा संलग्न भएको आशंकामा आठ जनालाई नियन्त्रणमा लिइएको छ भने इस्लामिक स्टेट्स (आइएसं) लडाकूहरुको समूहले घटनाको जिम्मेवारी लिएको छ ।
अमेरिकाका विदेश मन्त्री रेक्स टिलर्सनले बेलायत र घटनाबाट पिडितहरुप्रति सहानुभूती व्यक्त गर्न आज लण्डन पुग्नु भएको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यो घटनाबाट वासिङटन र लण्डनलाई दुखमा सघाउँने नाताले अझ नजिक बनाएको बताउनु भएको छ ।