भारतमा जातीय विवादको कारण हिंसा भड्कियो ,एकको मृत्यु कयौँ घाईते

भारतमा जातीय विवादको कारण हिंसा भड्कियो ,एकको मृत्यु कयौँ घाईते

  • बुधबार, जेष्ठ १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

नयाँ दिल्ली, १० जेठ । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा भएको जातीय विवादको कारण एक व्यक्तिको मृत्यु हुनुको साथै, अन्य कैयौ घाइते भएका अधिकारीले बुधबार जानकारी दिएका छन् ।

लखनउबाट ७११ किलोमिटर उत्तरपश्चिममा पर्ने सहारनपुर जिल्लाको जातीय विवादको कारण हिंसा सुरु भएको छ ।
मङ्गलबार साँझ दलित समूदायसँग आवद्ध एक ट्रक चालकलाई माथिल्लो जात मानिने ठाकुर समूदायसँग आवद्ध व्यक्तिले गरेको आक्रमण परी ती व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई जना गम्भीर घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

स्थानीयका अनुसार ती दलितहरु उत्तर प्रदेशका आफ्ना नेता मायावतीको जुलुसमा सहभागीता जनाएर फर्किरहेका थिए ।

बहुजान समाज पार्टीका प्रमुख मायावती उत्तर प्रदेशमा रहेका दशौं लाख तल्लो जाति अर्थात दलित व्यक्तिहरुलाई समर्थन गर्दैै आउनु भएको छ ।

साबिरपुरस्थित केही राजपूतहरुको भवनमा दलित समूदाय ढुङ्गा हानेपछि यी दुई समूदायबीचको तनाव सुरु भएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी