यमनमा अमेरिका आवद्ध हवाई आक्रमण सातको मृत्यु

यमनमा अमेरिका आवद्ध हवाई आक्रमण सातको मृत्यु

  • मङ्लबार, जेष्ठ ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

वासिङटन, ९ जेठ । यमनमा अल कायदा आतङ्ककरी बसिरहेका परिसरलाई लक्ष्यगरी गरिएको अमेरिकाआवद्ध हवाई आक्रमणमा परी कम्तीका सात आतङ्ककारी मारिएका अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जानकारी दिएको छ ।

स्थानीय समयानुसार मङ्गलबार विहान सबैरै मारिब क्षेत्रमा यमनी अधिकारीको सहयोगमा सो आक्रमण गरिएको थियो ।

अमेरिका सुरक्षाबलले जारी राखेको यस कारबाही (अल कायदा इन द अबियन पेनीसुला) एक्युएपीविरुद्ध हवाई आक्रमण भएको र ती आतङ्ककारी मारिएका मध्यपूर्वका लागि अमेरिकी सैनिक कमाण्डर सेन्टकमद्धारा जारी विज्ञप्तिमा जनाएको छ ।

गत जनवरीमा एक्युएपीविरुद्ध गरेको हवाई आक्रमणमा दुभाग्यबस कैयौँ सर्वसाधारण र अमेरिकी नौसेनाको मृत्यु भएको थियो । हाल संयुक्त राज्य अमेरिकाले एक्युएपीविरुद्धको आक्रमणलाई बढाएको छ ।

यमनमा सन् २०१५ बाट भीषण रुपमा गृहयुद्द सुरु भएको छ । सो गृह युद्द इरानको समर्थन रहेको हुथी विद्रोही र साउदी अरेबियाको समर्थन रहेको सरकारी सुरक्षाबलबीच द्वन्द्व जारी रहेको छ ।

अमेरिकाले साउदी अरेबियाआवद्ध संयुक्त सेनालाई सहयोग गर्दै आएको छ । जारी यस द्वन्द्वमा परी आड हजारभन्दा बढी व्यक्तिको मृत्यु हुनुको साथै करिब ४० हजार व्यक्ति घाइते भएका संयुक्त राष्ट्र संघीय विश्व स्वास्थय संगठन (डब्लूएचओ) जानकारी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी