इजरायल र प्यालेस्टाइनका बीचमा शान्ति सम्झौता गराउन तयार : ट्रम्प

इजरायल र प्यालेस्टाइनका बीचमा शान्ति सम्झौता गराउन तयार : ट्रम्प

  • मङ्लबार, जेष्ठ ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

बेथलेहेम , ९ जेठ । अमेरिकाका राष्ट्र डोनाल्ड ट्रम्पले इजरायल र प्यालेस्टाइनका बीचमा शान्ति सम्झौता गराउन आपूm जेपनि गर्न तयार रहेको बताउनु भएको छ ।

प्यालेस्टाइनी राष्ट्रपति मोहम्मद अब्बाससँग भएको भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले दुई देशबीच शान्ति सम्झौता गराउन आपूmले के गर्न सकिएला भनेर छलफल गरिरहेको पनि बताउनुभयो ।

“इजरायल र प्यालेस्टाइनका बीचमा शान्ति सम्झौता गराउन म प्रतिबद्ध छु, साथै त्यस उद्देश्य प्राप्तिका लागि म जेसुकै सहयोग र भूमिकाका लागि तयार छु,” प्यालेस्टाइनका राष्ट्रपति अब्बाससँग ट्रम्पले भन्नुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले प्यालेस्टाइनी राष्ट्रपति अब्बासलाई मङगलबार वेष्ट बैंकमा भेट्नु भएको हो ।

उहाँहरुको भेटवार्ता दुई देशको युद्ध अन्त्य र शान्ति सम्झौतामा केन्द्रित भएको अधिकारीले जनाएका छन् ।

भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति अब्बासले उपलब्धिमुलक शान्ति सम्झौताका लागि अमेरिकासँग सहकार्य गर्न तयार रहेको बताउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी