राष्ट्रपति ट्रम्पद्वारा आतङ्कबादविरुद्ध सङ्घर्ष गर्न आह्वान

राष्ट्रपति ट्रम्पद्वारा आतङ्कबादविरुद्ध सङ्घर्ष गर्न आह्वान

  • आइतवार, जेष्ठ ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

साउदी अरेबिया, ७ जेठ ।

साउदी अरबको दुइदिने औपचारिक भ्रमणका क्रममा आइपुग्नु भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी रियादमा उहाँको सम्मानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नु हुँदैछ । इस्लाम धर्मालम्बीहरुको सबै भन्दा पबित्र भूमिमा उभिई उहाँले बिश्वभरीका मुसलमान समुदाय एक जूट भै आतङ्कबादविरुद्ध लडी यसलाई परास्त गर्न आह्वान गर्नु हुनेछ ।

तपाइँहरुले सदैब पूजा, आराधना गर्नु हुने पबित्र भूमिबाट आतङ्कबादीलाई धपाउनु होस् – ड्राइभ आउट द टेरोरिस्टस् फ्रम योर प्लेसेज् अफ वर्सिपू भन्ने आह्वानका साथ राष्ट्रपति ट्रम्पले पचास भन्दा बढी इस्लामी र अरबी नेताहरुमाझ आफ्नो सम्बोधन मन्तब्य प्रकट गर्नु हुने भ्रमण टोलीका प्रबक्ताले सञ्चार माध्यमहरुलाई बताएका छन् ।
अमेरिकाको राष्ट्रपतीय निर्वाचन ताका उहाँ मुसलमान समुदायप्रति बढ्तै आक्रामक भै प्रचार प्रसारको क्रममा प्रयोग गरेको वाक्यप्रति पनि उहाँले क्षमा याचना गर्नु हुने र अहिलेको सम्बोधन भाषणमा मुशलमान समुदायले मान्दै आएको आस्था र धर्मप्रति आफ्नो पनि सम्मान र आस्था प्रकट गर्ने र अत्यन्त शिष्ट, नरम र मुदु भाषा प्रयोग गरिने समेत जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी