अफगानिस्तानमा सुरक्षा कारबाही, ११३ जना मारिए

अफगानिस्तानमा सुरक्षा कारबाही, ११३ जना मारिए

  • शुक्रबार, जेष्ठ ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काबुल, ५ जेठ ।

अफगानिस्तानका विभिन्न ठाउँमा भएका सुरक्षा कारबाहीमा परी कम्तीमा ११३ जनाको मृत्यु भएको छ । अन्य ५० जना घाइते भएका छन् ।

रक्षा मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा छुट्टाछुट्टै प्रदेशमा भएको कारबाहीका क्रममा ११३ जनाको मृत्यु हुनुका साथै ४९ जना घाइते भएका हुन् ।

सुरक्षा फौजले लडाकुहरुले आक्रमणका लागि तयार पारेका हतियार तथा विस्फोटक पदार्थहरु पनि नियन्त्रणमा लिई नष्ट पारेको मन्त्रालयले जनाएको छ ।

देशका ३४ ओटा प्रदेशमध्ये १७ ओटा प्रदेशमा सुरक्षा कारबाही तिव्र पारेको बताएपछि आफ्नोतर्फ के कति क्षति भएको छ भन्ने बारेमा भने मन्त्रालयले केही उल्लेख गरेको छैन ।

गत दुई वर्षदेखि सरकार विरोधी हिंसा मच्चाइरहेका समुहका विरुद्धमा अफगानिस्तानमा सरकारले सुरक्षा कारबाही चलाइरहेको छ ।

तालिवानी लडाकुसँग बिहीबार कापिसा प्रदेशको टागाबमा भएको भिडन्तमा परी पाँच जना प्रहरीको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी