रसियाली वेबसाइट रोक्नमा मस्कोको हात : युक्रेन

रसियाली वेबसाइट रोक्नमा मस्कोको हात : युक्रेन

  • बुधबार, जेष्ठ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

एजेन्सी , ३ जेठ । युक्रेनको राष्ट्रपतिको कार्यालयले आफ्नो वेबसाइटमा रसियाको आक्रमण भएको बुधबार जनाएको छ ।

मस्कोबाट सञ्चालित प्रसिद्ध सामाजिक सञ्जालमाथि युक्रेनमा प्रतिबन्ध लगाइएपछि रसियाद्वारा युक्रेनी वेबसाइटमा नै आक्रमण गरेको कीभको भनाई छ ।

“हामीले मस्कोबाट सञ्चालनमा ल्याइएको एक सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछिको रसियाली प्रतिक्रिया देखिरहेका छौँ,” राष्ट्रपति पेट्रो पोरोसेन्कोका प्रशासन उपप्रमुख दिमित्री सिमकिव मङ्गलबार राति फेस बुकमा पोस्ट गरेको विज्ञप्तिमा जनाइएको छ । “राष्ट्रपतिको वेबसाइटमा निरन्तररुपमा सङ्गठित रुपमा आक्रमण भएको छ ।”

“प्रविधि विशेषज्ञहरुले वेबसाइटको अवस्थालाई नियन्त्रणमा लिएका छन् त्यसैले अब वेबसाइटमाथि कुनै खतरा रहेको छैन,” सिमकिवले बताउनुभयो । बुधबार वेबसाइट सञ्चालनमा आइसकेको उहाँले थप्नुभयो ।

यता रसियाली प्रशासन केन्द्र क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले किभको आरोप आधारहीन भएको भनी खण्डन गर्नुभएको छ ।

सञ्चारकर्मीसँगको कुराकानीमा पेस्कोभले भन्नुभयो, “युक्रेनको दाबीमा कुनै विश्वासयोग्य आधार केही छैन, यो केवल रसियामाथिको आधारहीन आरोप मात्र हो ।”

युक्रेनी प्राविधिक विज्ञ तथा पश्चिमा मुलुकले पटकपटक कहिल्यै आक्रमणको तथ्य दिन नसक्ने गरेका तर रसियाली समूह वा रसियाली सरकारसँग निकट स्रोतमाथि आरोप भने लगाउने गरेको रसियाली दाबी छ ।

युक्रेनले मङ्गलबार युक्रेनीहरुबीच निकै प्रसिद्ध रहेको सामाजिक सञ्जाल र इन्टरनेट खोजी गर्ने यन्त्रलाई प्रतिबन्धित गरेको थियो । युक्रेनद्वारा पछिल्ला तीन वर्ष यता रसियाद्वारा युक्रेनी पृथकतावादी युद्धलाई पूर्वी युक्रेनमा समर्थन गर्दै आएपछि क्रिमियालाई रसियामा बिलय गरेपछि रसियाद्वारा सञ्चालित सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको बताइन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी