टर्किको हवाई आक्रमणबाट इराकमा ११ लडाकु मारिए

टर्किको हवाई आक्रमणबाट इराकमा ११ लडाकु मारिए

  • बुधबार, जेष्ठ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

एजेन्सी, ३ जेठ । टर्कीको लडाकु विमान र यातायातका साधनबाट मंगलबार भएको आक्रमणमा परी कुर्दिस वार्कर्स पार्टीका ११ जना लडाकु मारिएका छन् ।

कुर्दिस वर्कर्स पार्टीका कार्यकर्ताप्रति लक्षित गर्दै आक्रमणकारीले जाप र माटिना क्षेत्रमा आक्रमण गरेको टर्कीको सरकारी निकायले बुधबार जारी गरेको वक्तव्यमा जनाइएको छ ।

टर्कीका आक्रमणकारीहरुले कुर्दिस लडाकुका आश्रयस्थल, हतियार तथा मेसिनगन बनाउने ठाँउ, शिविर आदी भत्काईदिएका छन् ।

आक्रमण गरेका बेला कुर्दिस लडाकुले टर्कीको सीमा क्षेत्रमा रहेको एउटा सुरक्षा कार्यालयमा आक्रमण गर्ने तयारी गरिरहेको वक्तव्यमा भनिएको छ ।

टर्कीको हवाई सुरक्षा फौजले कुर्दिस लडाकुलाई लक्षित गरी इराकको उत्तरी क्षेत्र र टर्कीको दक्षिणपूर्वी क्षेत्रमा नियमितरुपमा आक्रमण गर्दै आइरहेको छ ।

सन् २०१५को जुलाइदेखि सुरु भएको आक्रमण गत अप्रिलमा भएको संविधानसम्वन्धी जनमत सङ्ग्रहपछि अझ तिव्र गतिमा भइरहेको छ ।

सन् १९७८ मा स्थापना भएको कुर्दिस वर्कर्स पार्टीलाई टर्कीले आतङ्ककारीको सूचीमा राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी