विश्वका प्रमुद्ध व्यक्तिहरुको सम्मेलन बेइजिङमा सुरु

विश्वका प्रमुद्ध व्यक्तिहरुको सम्मेलन बेइजिङमा सुरु

  • सोमवार, जेष्ठ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

चीन, १ जेठ । विश्वका प्रबुद्ध व्यक्तिहरुको सम्मेलन (फिफ्थ थिङ्क टाङ्क समिट) सोमबार बेइजिङमा सुरु भएको छ ।

सम्मेलनमा छलफलका लागि चीन र विश्वका अन्य मुलुकका गरी १०० भन्दा बढी विज्ञहरुको सहभागिता रहने सम्मेलनमा दिगो विकासका लागि विश्वको भूमिकाबारे छलफल गरिने आयोजक ‘चाइना सेन्टर फर इन्टरनेसनल एक्सजेन्ज’ ले बताएको छ ।

सम्मेलनमा विश्वव्यापीकरण, दिगो विकास, बेल्ट एन्ड रोड पहलकदमी र क्षेत्रीय एवम् विश्वव्यापी सुरक्षालगायतका विषयमा छलफल गरिने आयोजकले बताएको छ ।

विश्वभरीका अनुसन्धानकर्ता नयाँ परिवेशमा विश्वव्यापी समस्याको अध्ययनमा थप ध्यानपूर्वक अघि बढ्नुपर्ने, विश्वभर असल शासन र सुधारका कार्यक्रमलाई प्रवद्र्धन गर्नुपर्ने र अन्तर्राष्ट्रिय नियममा आवश्यक परिवर्तन गरिनुपर्नेलगायतका कुरामा जोड दिइने ‘नेसनल कमिटी अफ द चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स’ का उपप्रमुख चेन युयानले उदघाटन सत्रमा बताउनुभयो ।

उक्त अवसरमा चेनले बेल्ट एन्ड रोड इनिसिएटिभ र विश्वका नयाँ चुनौतीका विषयमा विश्वका विद्वानहरुको सहभागिताका लागि अनुरोध गर्नुभयो । उहाँले रोड एन्ड इनिसिएटिभका विषयमा आफ्ना गहकिला सुझाव आउनु भनी आग्रह गर्नुभयो ।

उक्त अवसरमा सहभागीले विश्वव्यापीकरण विकसित सामाजिक उत्पादकत्वका लागि आवश्यक सर्त भएको र वैज्ञानिक र प्राविधिक प्रगतिबारे प्राकृतिक परिणाम भएको बताएका आयोजकले बताएको छ ।

उनीहरुले विश्वको आर्थिक सुधार जटिल भएको तर यसको समाधान विश्वका कुनै समस्यालाई देखाएर पन्छिन नहुने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी