पपुवा न्यु गिनीमा कारागारमा भएको झडपमा १७ व्यक्तिको मृत्यु

पपुवा न्यु गिनीमा कारागारमा भएको झडपमा १७ व्यक्तिको मृत्यु

  • सोमवार, जेष्ठ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

सिड्नी, १ जेठ । पपुवा न्यु गिनीमा कैदीको एक ठूलो समूहले जेल ताडेर भाग्न खोज्दा सुरक्षाकर्मीसँग भएको झडपमा १७ जना कैदीको मृत्यु भएको त्यहाँका प्रहरीले सोमबार जानकारी दिएका छन् । कैदी भगौडाको यस घटनामा अझै पनि ५७ जना कैदी फरार रहेका छन् ।

प्रशान्त महासागरीय यस राष्ट्रको दोस्रो ठूलो नगर लाएमा अवस्थित बुइमो कारागारमा गत शुक्रबार जेल तोडेर भाग्न खोज्ने ती कैदीलाई कारगार परिसरस्थित सुरक्षा कर्मीले गोली प्रंहार गरेका थिए ।

‘द’ ‘रोयल पपुवा न्यु गिनी कन्स्टाबुलरी (प्रहरी कार्यालय)’ ले एक विज्ञप्ति प्रकाशन गरी उक्त घटनामा १७ जना कैदीको मृत्यु भएको र तीनजना पक्राउ परेका र अझै पनि ५७ जना बेपत्ता रहेका पुष्टि गरेको छ ।

फरार रहेका कैदीमध्ये धेरैजसो सशस्त्र डकैति, कार चोरी, आवासीय भवनका भित्ता फोरेर भित्रघुसी बस्ने मानिसलाई तर्साई, धम्काई चोरी, डकैति गर्ने जस्ता अत्यन्त आपराधिक मनोवृत्तिका रहेकाले तिनीहरुले सर्वसाधारण जनतालाई खतरा पु¥याउनसक्ने भएकाले उनीहरु पक्राउ नपरुन्जेल सतर्क रहन महानगरीय प्रहरी प्रमुखले आह्वान गरेका छन् ।

पपुवा न्यु गिनीको कूल जनसङ्ख्यामध्ये एक उल्लेखनीय हिस्सा दुर्गम क्षेत्रमा बसोवास गर्छन् । यो वर्ग अझैसम्म हात मुख जोड्न पनि धौधौ पर्ने चरम गरिबीपूर्ण र परम्परागत शैलीको जङ्गली जीवनयापन गर्न बाध्य छ ।

प्रायः गरिबीकै कारण यहाँ अराजकता र आपराधिक घटनाका सङ्ख्या पनि कहाली लाग्दो रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी