एजेन्सी ,३१ वैशाख ।
उत्तर कोरियाले पूनः ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले दाबी गरेको छ ।
उत्तर कोरियाले राजधानी प्योङयाङको उत्तर–पश्चिमी क्षेत्र कुसोङबाट ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले बताएको छ ।
मिसाइल सात सय किलोमिटर परसम्म पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । संयुक्त राष्ट्र संघको प्रतिबन्धका बाबजुद उत्तर कोरियाले पाँच पटक परमाणु परीक्षण गरिसकेको छ ।
लामो दूरीमा मार हान्न सक्ने मिसाइलको तयारी गरिरहेको उत्तर कोरियाले जनाएको छ । उत्तर कोरियाले गएको महिना दुईवटा मिसाइल परिक्षण गरेकोमा दुवै असफल भएको थियो ।
यस्तै उत्तर कोरियाको मिसाइल परीक्षणप्रति आपत्ति जनाउँदै दक्षिण कोरियाका नवनिर्वा्चित राष्ट्रपति मुन जेइ इनले सुरक्षा परिषद्को आपत्तकालीन बैठक बोलाउनु भएको छ ।
आफू राष्ट्रपतिमा निर्वा्चित भएपछि उत्तर कोरियाको भ्रमण गरी सम्बन्ध सुधार गर्ने रणनीतिमा रहनु भएका राष्ट्रपति मुनलाई भने उत्तर कोरियाको पछिल्लो कदमले ठूलो धक्का लागेको छ ।