राष्ट्रपति ट्रम्पद्धारा एफबिआई निर्देशक कोमी बर्खास्त

राष्ट्रपति ट्रम्पद्धारा एफबिआई निर्देशक कोमी बर्खास्त

  • बुधबार, बैशाख २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

एजेन्सी वैशाख २७।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय जाँच आयोग एफबिआईका निर्देशक जेम्स कोमीलाई बर्खास्त गर्नुभएको छ ।
डेमोक्र्या्टिक पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेद्वार रहनु भएकी हिलारी क्लिन्टनको इमेलका सम्बन्धमा भएको अनुसन्धानको विषयलाई लिएर ट्रम्पले कोमीलाई बर्खास्त गरेको अधिकारीले बताएका छन् । गत साता कोमीले क्लिन्टनको इमेलका बारेमा कांग्रेसलाई जानकारी गराउनु भएको थियो ।

कांग्रेसलाई क्लिन्टनको इमेल सम्बन्धी गलत जानकारी दिएको कोमीमाथि आरोप छ । एफबिआईले ट्रम्पको राष्ट्रपतीय अभियानमा संलग्न व्यक्ति र रुसबिचको सम्बन्धका बारेमा पनि अनुसन्धन गरिरहेको छ ।

यही बिचमा ट्रम्पले कोमीलाई बर्खास्त गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राष्ट्रपति ट्रम्पले कोमीलाई महान्यायाधीवक्ता जेफ सेसन्सको सिफारिसमा बर्खास्त गर्नुभएको ह्वाइटहाउसले जनाएको छ ।

चार वर्षअघि एफबिआईको निर्देशकमा नियुक्त हुनुभएका कोमीको कार्यकाल अझै ६ वर्ष बाँकी थियो । एफबिआईको नयाँ निदेर्शकको खोजी तत्काल सुरु गरिएको ह्वाइटहाउसले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी