आधुनिक फ्रान्सको सबैभन्दा कम उमेरका म्याक्रोन राष्ट्रपति पदमा निर्वाचित

आधुनिक फ्रान्सको सबैभन्दा कम उमेरका म्याक्रोन राष्ट्रपति पदमा निर्वाचित

  • सोमवार, बैशाख २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

एजेन्सी, बैशाख २५ ।
युरोप समर्थक मध्यपन्थी राजनीतिज्ञ नेता इम्यानुएल म्याक्रोन (Emmanuel Macron) आधुनिक फ्रान्सको सबैभन्दा कम उमेरमा राष्ट्रपति पदमा निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनमा उदारवादी नेता म्याक्रोनले नयाँ राजनीतिक दल खोलेको एक वर्षमै दक्षिणपन्थी पार्टी फ्रन्ट नेशनलकी नेता म्यारिन ल पेनलाई भारी मतले पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

३९ वर्षीय म्याक्रोनलाई पुरानो राजनीतिक वृत्तभन्दा बाहिरका उम्मेदवारको रूपमा हेरिएको थियो । म्याक्रोनले आफ्नो जीतबाट फ्रान्समा आशा र विश्वासको एउटा नयाँ अध्याय खोलेको बताएका छन् ।

एजेन्सीकाअनुसार, ‘यो तीन वर्ष अघिसम्म पनि धरैजसो फ्रान्सेली जनताले नचिनेको एक व्यक्तिको असाधारण सफलताको कथा हो । उत्तरी शहर एमिएँमा जन्मिएका म्याक्रोनले प्यारिसको प्रतिष्ठित हेनरी चौथौ विद्यालयमा पढेका थिए । पछि उनले प्यारिसकै नामी विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरे । उनका बाबु तथा आमा दुबैजना चिकित्सक पेशामा संलग्न छन् ।

केही समय एउटा इन्भेष्टमेन्ट ब्याङ्कमा काम गरेका म्याक्रोनले पछि फ्रान्सका निवर्तमान राष्ट्रपति फ्राँस्वाँ ओलान्दको आर्थिक सल्लाहकारका रूपमा काम गरेका थिए ।

पछि ओलान्दले उनलाई अर्थमन्त्रीको रूपमा नियुक्त गरे । सरकारमै भएका बेला ठीक एक वर्ष अघि उनले एन माश भन्ने नयाँ दल खोल्ने घोषणा गरेका थिए । त्यसको चार महिना पछि उनले अर्थमन्त्रीको पदबाट राजीनामा दिए र राष्ट्रपति पदमा उम्मेदवारी दिने बताए ।

एउटा अभूतपूर्व चुनावी अभियानपछि देशका दुईवटा ठूला परम्परागत राजनीतिक दलहरू सोसलिष्ट पार्टी तथा रिपब्लिकन पार्टीका उम्मेदवारहरूलाई पहिलो चरणमै पराजीत गरेपछि उनी अहिले राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।

आफ्नो अनौठो प्रेम कथाका कारण पनि म्याक्रोन फ्रान्समा चर्चित बनेका छन् । उनले आफु भन्दा २४ वर्ष जेठी आफ्नै शिक्षिका ब्रिजीट ट्रोनियोसंग बिहे गरेका छन् । नाटक विषय पढाउने आफ्नी गुरुआमालाई १७ वर्षको उमेरमै उनले प्रेम प्रस्ताव राखेको र त्यसको १२ वर्षपछि मात्रै उनीहरूको बिहे भएको थियो । तीन सन्तानकी आमा ब्रिजीटले आफ्नै छात्रसंग बिहे गर्न आफ्ना पतिसंग पारपाचुके गरेकी थिइन् ।

म्याक्रोनको राजनीतिमा उनकी श्रीमतीको केही प्रभाव रहेको जनाएको छ । आफ्नो चुनावी घोषणापत्रमा उनले शिक्षालाई उच्च प्राथमिकता दिने उल्लेख गरेका छन् ।

उनले पहिलो सम्बोधन गर्दै देशभित्रको भेदभाव अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । युरोपेली संघ र फ्रान्सेली जनताबीच सम्पर्क पुनः स्थापित गर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी