फ्रान्सको राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरु

फ्रान्सको राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरु

  • आइतवार, बैशाख २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

एजेन्सी, २४ वैशाख । फ्रान्समा राष्ट्रपतिको चयनका लागि स्थानीय समय अनुसार आइतबार बिहान ८ बजेदेखि मतदान सुरु भएको छ ।

मतदानबाट मध्यपन्थी उम्मेदवार इमानुएल म्याक्रोँ र दक्षिणपन्थी म्यारिनले पेनबीच हुने दोस्रो चरणको प्रतिस्पर्धाका लागि ठूला शहरी क्षेत्रमा साँझ ८ बजेसम्म मतदान जारी रहनेछ भने ग्रामीण भेगमा एक घन्टा अगावै अर्थात् साँझ ७ बजेभित्र मतदानका लागि केन्द्रमा प्रवेश गरेको हुनुपर्नेछ ।

आइतबार झन्डै चार करोड ७० लाख मतदाताल मतदान प्रक्रियामा सामेल हुने अपेक्षा गरिएको छ ।

यद्यपि समुद्रपार रहेका फ्रान्सेली नागरिकले भने शनिबारै मतदान गरिसकेका छन् । मतगणना देश तथा विदेशमा एकै साथ आइतबार रातिबाट गरिनेछ ।

पहिलो चरणमा गत अप्रिल २३ मा भएको निर्वाचनमा म्याक्रोँशत मत ल्याएर अन्य आकाङ्क्षीलाई पछाडि पारेका थिए ।

फ्रान्समा राष्ट्रपतिको निवाृचनमा कसले पकड जमाउँदै छ त भनी गरिएको विभिन्न मत सर्वेक्षणमा पूर्व अर्थमन्त्री समेत रहेका म्याक्रोँ र दक्षिणपन्थी उम्मेदवार ले पेनबीच कडा प्रतिस्पर्धा रहने देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी