नाइजेरियामा बोको हरामद्वारा अपहरण गरेका मध्य बयासी बालिका मुक्त

नाइजेरियामा बोको हरामद्वारा अपहरण गरेका मध्य बयासी बालिका मुक्त

  • आइतवार, बैशाख २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

एजेन्सी, बैशाख २४ ।
इस्लामिक उग्रवादी समूह बोको हरामद्वारा अपहरित नाइजेरियाको एक विद्यालयका कम्तीमा ८२ बालिकालाई अपहरणमुक्त गरिएको छ ।

सन् २०१४ मा उत्तरपूर्वी नगर चिबोकको एउटा निजी विद्यालयबाट अपहरण गरिएका २७० विद्यार्थीमध्ये ८२ जना अपहरणमुक्त भएका हुन् ।

नाइजेरिया सरकार र बोको हरामका प्रतिनिधिका बीचमा वार्ता चलिरहेका बेला बालिका अपहरणमुक्त भएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

रातको समय पारेर गरिएको उक्त अपहरणको अन्तराष्ट्रिय क्षेत्रबाट चर्को आलोचना भएको थियो ।राष्ट्रपति बुहारीले सरकारले निरन्तर वार्ता गरिरहेको र अपहरण गरिएका बालिकालाई सुरक्षितरूपमा रिहा गराइ छाड्ने अघिल्लो महिना बताएका थिए ।

उनले अरू बालिकाको बारेमा पनि आशा नमार्न उनीहरूका बाबुआमालाई आग्रह गरेका छन् । सन् २०१६ को अक्टोबरमा पनि २१ जना बालिकालाई अपहरणमुक्त गराइएको थियो ।

सन् २००९ बाट बोको हरामले नाइजेरियामा द्वन्द्व सुरु गरेदेखि अहिलेसम्म करिब २० हजारभन्दा बढी मारिएका छन् भने लाखौँ मानिस विस्थापित भएका छन् ।

अपहरण गरिएका अधिकांश बालिका इसाई धर्मावलम्बी थिए । उनीहरूलाई इस्लाम धर्मावलम्बी बन्न र बोको हरामका सदस्यसँग बिहे गर्न दबाब दिइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी