सडकको मोडबाट मिनि ट्रक खस्दा भारतमा चौधको मृत्यु

सडकको मोडबाट मिनि ट्रक खस्दा भारतमा चौधको मृत्यु

  • शुक्रबार, बैशाख २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

एजेन्सी, बैशाख २२ ।
भारतको उत्तर प्रदेशमा एउटा मिनी ट्रक दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य २८ जना गम्भीर घाइते भएका छन् ।

उत्तर प्रदेशको राजधानी लखनउदेखि २६५ किलोमिटर पश्चिमतर्फ पर्ने इताह जिल्लाको सराय निम क्षेत्रनजिकै विवाह भोजमा सहभागी भएर फर्किने क्रममा उक्त दुर्घटना भएको हो ।

अत्याधिक धेरै यात्रु भएकाले मिनी ट्रक मोडमा घुमाउन खोज्दा मानवीय गल्तीको कारण दुर्घटनामा परी बाटोदेखि तलसम्म खसेको प्रहरीले जनाएको छ । तत्काल स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

सुरक्षाकर्मीसहितको उद्धारकर्ताहरूले घाइतेहरूलाई उद्धार गरेर अस्पताल लगेको स्थानीय सञ्चार माध्यमले जनाएको छ । घाइते भएकालाई आगरास्थिति एस एन अस्पतालमा भर्ना गरिएको छ ।

उक्त घटना चालकको लापर्बाहीको कारण दुर्घटना भएको प्रहरीले अनुमान लगाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी