चीनद्वारा निर्माण गरिएको ठूलो जेट विमान (सि–९१९)ले पहिलो परीक्षण उडान गर्ने

चीनद्वारा निर्माण गरिएको ठूलो जेट विमान (सि–९१९)ले पहिलो परीक्षण उडान गर्ने

  • शुक्रबार, बैशाख २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

एजेन्सी, बैशाख २२ ।
चीनमै निर्माण गरिएको एकसय अन्ठाउन्न सीट क्षमताको सि–९१९ मोडेलको उक्त ठूलो जेट विमानले पहिलो पटक चिनियाँ आकाशमा पहिलो परीक्षण उडान भर्ने भएको छ ।

उक्त जेट विमानले राजधानी बेइजिङ्ग पछिको चीनकै विशाल महानगर साङ्घाईबाट शुक्रबार अपरान्ह पहिलो परीक्षण हवाई यात्रा गर्ने जनाइएको छ । स्वराष्ट्रमै निर्मित ठूलो जेट विमानको उद्घाटन उडान हेर्न ठूलो सङ्ख्यामा चिनियाँ तथा बिदेशीहरू साङ्घाई विमानस्थलमा भेला भएका छन् ।

चीनले टर्बोप्रप इन्जिन भएका छोटो दूरीका साना खाले विमानहरु हजारौंको सङ्ख्यामा तथा जेट इन्जिन भएका मध्यम दूरीका साना खाले जेट विमानहरु सयौंंको सङ्ख्यामा निर्माण गरी बिश्वका धेरै एयरलाइन्सहरुलाई बिक्री गरिसकेको छ ।

यस सि–९१९ मोडेलको ठूलो जेट विमान सन् २०१४ मै उत्पादन भए लगत्तै परीक्षण उडान गर्दा बिभिन्न प्रकारका उत्पादकीय तथा प्राबिधिक समस्या देखिएको थियो ।  हाल, उक्त सबै उत्पादकीय तथा प्राविधिक समस्या सच्याई पुनः पहिलो पटक ब्यापारीक हिसाबले परीक्षण उडान गर्न लागिएको हो ।

यस विमानले तुलनात्मक रूपमा सस्तोमा उपलब्ध गराउन सकिने भएकाले, यस विमानले फ्रान्समा निर्माण गरिँदै आएको ए–३२० मोडलको एयरबस जेट तथा अमेरिकामा निर्माण गरिँदै आएको बि–७३७ मोडलको बोइङ्ग जेट जस्ता विमानहरूसँग प्रतिस्पर्धा गर्ने बताइएको छ ।

यस सि–९१९ जेट विमान चीनको सरकारी लगानीको विमान उत्पादक कम्पनी कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (कोम्याक) ले निर्माण गरेको हो ।

हालसम्म, स्वदेशी तथा विदेशी समेत गरी तेइस वटा विमान सेवा कम्पनीले यस्तो पाँचसय सत्तरी वटा विमान खरीदका लागि अर्डर दिइएको जनाएको छ । अर्डर गर्ने कम्पनीहरूमा एयर चाइना तथा जिइ क्यापिटल एभिएसन सभिर्सेज् जस्ता बृहत लगानीका ठूला कम्पनीहरू पनि रहेको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी