बेलायती राजकुमार फिलिपले राजकीय जिम्मेवारीबाट सन्यास लिने

बेलायती राजकुमार फिलिपले राजकीय जिम्मेवारीबाट सन्यास लिने

  • बिहिबार, बैशाख २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

एजेन्सी, बैशाख २१ ।
बेलायती राजकुमार फिलिपले आउँदो अगष्टमा राजकीय जिम्मेवारीबाट सन्यास लिने बकिङघम प्यालेसले घोषणा गरेको छ । राजकुमार फिलिप बेलायती महारानी एलिजाबेदका पति हुन् ।

द ड्युक अफ इडिनवर्ग पदवी प्राप्त राजकुमार फिलिप आफैंले यो निर्णय लिएका हुन् र यसमा महारानीको पनि समर्थन रहेको बकिङघम प्यालेसका प्रवक्ताले जनाएको छ । उनी ७८० भन्दा बढी संगठनका संरक्षक, अध्यक्ष तथा सदस्य छन् ।

अगष्टभन्दा अगाडिसम्मका पूर्व निर्धारित कार्यक्रममा उनी सहभागी हुने र त्यसपछाडिका नयाँ आमन्त्रणहरूमा उनले सहभागिता नजनाउँने बताएका छन् ।

राजकुमार फिलिप आउँदो महिनामा ९६ बर्षमा प्रवेश गर्नेछन् । उनी र महारानी एलिजाबेथले आगामी नोभेम्बरमा ७० औं बैबाहिक बार्षिकोत्सव मनाउँदैछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी