एजेन्सी, बैशाख २१ ।
इरानको उत्तरी क्षेत्रमा रहेको कोइला खानीमा पहिरो जाँदा च्यापिएर कम्तिमा २१ जनाको मृत्यु भएको छ ।
गोलेस्टन प्रदेशको खानीमा पहिरो जाँदा मिथेन ग्याँस विस्फोट भएको र त्यस क्रममा उनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सरकारी अधिकारीहरूले दुर्घटनामा ७० जना घाइते भएको जनाएका छन् ।
खानीभित्र परेका केहीलाई भने उद्दार गरिएको इरानको आपतकालीन सेवाका प्रमुख पिर हुसैन कोलिभान्दलाई उदृत गर्दै समाचार संस्थाहरूले जनाएका छन् ।
पहिरो गएपछि सुरुङजस्तो बनेको ठाउँमा ग्याँस भरिएकाले उद्धार कार्य निकै कठिन भएको बताइएको छ । सरकारी सञ्चारमाध्यमहरूले खानीमा पहिरो गएका बेला करिब ५ सय कामदार रहेको जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline