अमेरिकी राजदूतावास र नेटो प्रमुख कार्यालयनजिकै शक्तिशाली विस्फोटन

अमेरिकी राजदूतावास र नेटो प्रमुख कार्यालयनजिकै शक्तिशाली विस्फोटन

  • बुधबार, बैशाख २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

एजेन्सी , २० वैशाख । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित अमेरिकी राजदूतावास र नेटो प्रमुख कार्यालयनजिकै नेटो सैकिकको एक समूहलक्षित आज शक्तिशाली विस्फोट भएको छ ।

राजधानी काबुलमा आज भएको यस शक्तिशाली विस्फोटमा परी कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २५ जना घाइते भएका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता नाजिब डेनिसले यस बम आक्रमण र हताहतीको एएफपी समाचार समितिलाई पुष्टि गर्नुभएको छ । बिहानको व्यस्त समयमा भएको यस आक्रमणमा मारिएका व्यक्ति प्रायः सर्वसाधारण नै भएका बताइएको छ ।

सो विस्फोटको प्रकृतिको विषयमा अनुसन्धान भईरहेको तर विस्फोटन भएको अवस्थामा विदेशी सैनिक बलको एक समूह त्यहाँबाट गइरहेको डेनिसले जानकारी दिनुभएको छ ।

आक्रमणमा परी दुई अमेरिकी सैनिक सामान्यरुपमा घाइते भएका जानकारी दिएका छन् ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । तर यस प्रकारको आक्रमणमा प्राय तालिवान आतङ्ककारी समूहको नै हात रहने गरेको हुनाले यस आक्रमणमा पनि सोही समूहको हात रहेको प्रहरीको अनुमान रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी