भेनेजुएलामा संविधान पुनर्लेखनको विरोध

भेनेजुएलामा संविधान पुनर्लेखनको विरोध

  • बुधबार, बैशाख २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 17.7K
    SHARES

एजेन्सी, २० वैशाख । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले नयाँ संविधान बनाउनका लागि संविधानसभा गठन गर्न गर्नुभएको आह्वान अन्तर्रा्ष्ट्रिय रुपमा आलोचना भएको छ ।

केही मुलुकले राष्ट्रपतिको यो कदमलाई ‘कू’ को संज्ञा दिएका छन् भने केहीले गैरसंवैधानिक भनेका छन् । भेनेजुएलमा राजनितिक तथा आर्थिक संकट गहिरिदैं गईरहेको छ ।

लामो समयदेखि मुलुकमा जारी राजनीतिक सङ्कट समाधानका लागि संविधानसभा गठन गर्नुपरेको राष्ट्रपति मदुरोले संकेत गर्नुभएको थियो ।

दक्षिण अमेरिकी देश भेनेजुएलाको भविश्यका बारेमा निर्णय गर्न मदुरोले फरकफरक राजनीतिक पार्टी र सामाजिक समूहलाई संबिधान पुनर्लेखनको लागि आह्वान गर्नुभएको थियो ।

यस कदमपछि राष्ट्रपति मदुरोका विरोधमा सडक अवरुद्ध पार्नुका साथै भीषण प्रदर्शन भईरहेको जनाइएको छ ।

सत्तारुढ दल समाजवादी पार्टी र प्रतिपक्षी अधिकारवादी पार्टीकाबीचमा गत केही हप्तादेखिद्वन्द्व भएपछि सुरु भएको सरकार विरोधी आन्दोलनका क्रममा अहिलेसम्म भेनेजुएलामा २९ जनाको मृत्यु भईसकेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी