इस्लामाबाद, २० वैशाख ।
पाकिस्तानमा आतङ्कबादमा सलग्नता रहेको आरोपमा चार जना लार्ई आज फाँसीको सजाय दिइएको छ ।
पाकिस्तानी सैनिकद्वारा प्रकाशित विज्ञप्तिका अनुसार निर्दोष नागरिकमाथि आक्रमण र सशस्त्रबल माथि आक्रमणजस्ता आतङ्ककारी आक्रमणमा सलग्नता रहँदै आएको आरोपमा यी चार आतङ्ककारीलाई फाँसी दिइएको छ ।
फाँसीका सजाय पाएका ती आतङ्ककारी प्रतिबन्धित समूह तेहरिक ए तालिवन पाकिस्तानसँग आवद्ध रहेको जानकारी दिइएको छ ।
सन् २०१४ को डिसेम्बरमा पेसावरको एक सैनिक विद्यालयमा भएको भीषण आक्रमणपछि पाकिस्तानमा सैनिक अदालतको स्थापना भएको थियो । सैनिक विद्यालयमा भएको यस आक्रमणमा परी १३५ जना बालबालिकासहित १५० व्यक्तिको मृत्यु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline