पाकिस्तानमा चार आतङ्ककारीलाई फाँसी

पाकिस्तानमा चार आतङ्ककारीलाई फाँसी

  • बुधबार, बैशाख २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

एजेन्सी, बैशाख २० ।
पाकिस्तानमा चार जना आतङ्ककारीलाई बुधबार फाँसीको सजाय दिइएको छ । आतङ्कबादमा सलग्नता रहेको आरोपमा ती चार आतङ्ककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक स्रोतले जानकारी दिएको छ ।

सैनिकद्वारा प्रकाशित विज्ञप्तिका अनुसार निर्दोष नागरिकमाथि आक्रमण र सशस्त्रबल माथि आक्रमणजस्ता आतङ्ककारी आक्रमणमा सलग्नता रहँदै आएको आरोपमा यी चार आतङ्ककारीलाई फाँसी दिइएको छ ।

फाँसीमा सजाय पाएका ती आतङ्ककारी प्रतिबन्धित समूह तेहरिक ए तालिवन पाकिस्तानसँग आवद्ध रहेको जानकारी दिइएको छ ।

सन् २०१४ को डिसेम्बरमा पेसावरको एक सैनिक विद्यालयमा भएको भीषण आक्रमणपछि पाकिस्तानमा सैनिक अदालतको स्थापना भएको थियो । सैनिक विद्यालयमा भएको यस आक्रमणमा परी १३५ जना बालबालिकासहित १५० व्यक्तिको मृत्यु भएको थियो ।

यस भयानक आक्रमणपछि स्थापना भएको सैनिक अदालत आतङ्ककारीको पहिचान गरी फाँसीको सजाय दिने गरेको छ । गत मार्चमा पाकिस्तानी संसद्ले थप दुई वर्षको लागि सो सैनिक अदातललाई अनुमोदन गरेको थियो । गत जनवरीमा नै यस अदालतको दुई वर्षको अवधि समाप्त भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी