आइएसको आक्रमणमा परी बत्तीस जनाको मृत्यु, ईराकमा १० शैनिकले ज्यान गुमाए

आइएसको आक्रमणमा परी बत्तीस जनाको मृत्यु, ईराकमा १० शैनिकले ज्यान गुमाए

  • मङ्लबार, बैशाख १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

एजेन्सी , १९ वैशाख । सिरियाको इराकी सिमाक्षेत्र नजीकै रहेको शरणार्थी शिविरमा इश्लामिक स्टेट (आइएस)ले गरेको आक्रमणमा परी ३२ जनाको मृत्यु भएको छ ।

शिविरको भित्र र बाहिर गरी कम्तिमा पाँच आक्रमणकारी प्रवेश गरी गराएको आत्मघाती विस्पोटमा परी ३२ जनाको मृत्यु भएको सिरियाली मानव अधिकारवादी संस्थाले बताएको छ ।

इराक साथै सिरियाको हसाकेह प्रान्तमा विस्तापित जीवन विताउदै आएका सिरियाली नागरिक समेतको घटनामा मृत्यु भएको सिरियाली अब्जरभेटरी फर ह्युमन राइट्सका प्रमुख रमी अब्देल रहमानले बताउनुभयो ।

आक्रमणपछि घटनास्थलमा आइएस लडाकू र ‘सिरियन डेमोक्रेटिक फोर्स’ का सुरक्षाकर्मीवीच ठूलो झडप भएको थियो ।
उक्त सुरक्षा बल अमेरिकी समर्थन प्राप्त कूर्दिस र अरबेली लडाकूको संयुक्त गठबन्धन सैन्य शक्ति हो । मृतकमध्ये केही कूर्दिस र अरबेली लडाकूसमेत रहेको समाचार सस्था एएफ्पीले जनाएको छ ।

उता , पश्चिमी इराकको अनबार प्रदेशमा आइएससँग आवद्ध जिहादि लडाकुहरुको आक्रमणमा परी आज कम्तीमा १० जना सैनिकहरुको मृत्यु भएको छ ।

आइएस समूहले सागर क्षेत्रमा रहेको सैनिक शिविरमा मोर्टर र रकेटको सहयोगमा आक्रमण गर्दा उनीहरुको मृत्यु भएको पुष्टी गरेको छ ।

स्थानीय समयअनुसार विहान ०७ बजेदेखि सुरु भएको सेना र विद्रोहीबीचको भिडन्त दुई घन्टासम्म चलेको थियो ।

अन्बार लामो समयसम्म इराकी विद्रोहीको कब्जामा रहेको क्षेत्र हो । पछिल्लो समय सरकारले अन्बारको धेरैजसो सहरी भागलाई नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी