एजेन्सी, बैशाख १९ ।
भेनेजुयलामा संविधान पुनः लेखनका लागि शक्तिशाली नयाँ संवैधानिक राष्ट्रिय सभा गठन हुने भएको छ ।
त्यहाँका राष्ट्रपति निकोलस मडुरोकाअनुसार यस्तो सभाले मुलुकलाई चुनौति दिने गरि गहिरिएको राजनीतिक संकट मत्थर पार्ने विश्वास व्यक्त गरेका छन् ।
यस्तो निकाय आम सर्वसाधरणबाट गठन गरिने भएको हो । वर्तमान राष्ट्रिय सभाले भने मुलुकको गहिरिंदो आर्थिक संकटबाट बाहिरीन राष्ट्रपति मडुरोले राजीनामा दिनुपर्ने माग गरेको छ ।
विपक्षी नेता मेन्रिक क्यप्रिलस्ले यस्तो सभालाई संवैधानिक धोका भनेका छन् । भेनेजुयलामा विगत एक महिना देखी विपक्षीहरूको सरकार विरोध हिंसात्मक भईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline