सिरियाको नयाँ युद्ध अपराध छानबिन समिति छिट्टै : राष्ट्रसङ्घ

सिरियाको नयाँ युद्ध अपराध छानबिन समिति छिट्टै : राष्ट्रसङ्घ

  • सोमवार, बैशाख १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

स्विट्जरल्यान्ड, १८ वैशाख । सिरियाको द्वन्द्वमा पछिल्लो समयमा भएगरेका अमानवीय अपराधको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन संयुक्त राष्ट्रसङ्घद्वारा गठन भएको छानबिन टोलीको छिट्टै आफ्नो काम सुरु गर्ने राष्ट्रसङ्घ मानवअधिकार प्रमुख जैयद राद हुसैनले बताउनुभएको छ ।

सोमबार स्विट्जरल्यान्डको जेनेभामा सञ्चारकर्मीसँग कुराकानी गर्दै अनुसन्धान प्रक्रियालाई अघि बढाउन ख्यातिप्राप्त न्यायाधीश र अन्तर्राष्ट्रिय वकिलले छानबिन समितिको नेतृत्व गर्नेछ । हुसेनले छानबिन समितिको नाम र सदस्य छिट्टै घोषणा हुने बताउनुभयो ।

छानबिनका लागि सुरुमा एक करोड ३० लाख अमेरिकी डलर छुट्याइएको र आधा बजेटको व्यवस्था भइसकेको छ । साथै बाँकी आधा बजेट व्यवस्थापनका लागि कैयौँ देशले प्रतिबद्धता जनाइसकेका कारण पूर्ण बजेटको छिट्टै टुङ्गो लाग्नेछ ।
यसअघि सन् २०१६ को डिसेम्बरमा गठन गरिएको छानबिन टोलीलाई सिरियाली राष्ट्रपति बर अल असदको सरकारद्वारा मुलुकको सार्वभौम अधिकारमाथि सहन नसकिने हस्तक्षेप भनी अस्वीकार गरिएको थियो ।

छानबिन टोलीले युद्धमा दोषी व्यक्तिसहित उनीहरुमाथि कारबाहीका लागि अन्तर्राष्ट्रिय अदालतमा सिफारिस गर्ने जनादेश प्रदान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी