राष्ट्रपति ट्रम्पको कार्यकाल सय दिन पूरा, र्‍याली गर्दै नाराबाजी

राष्ट्रपति ट्रम्पको कार्यकाल सय दिन पूरा, र्‍याली गर्दै नाराबाजी

  • आइतवार, बैशाख १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

एजेन्सी, बैशाख १७ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पद सम्हालेको सय दिन आज पुगेको छ । सय दिन पुगेको अवसर पारी अमेरिकाको राजधानी वासिंटनसहित विभिन्न सहरमा हजारौँ विरोधीहरूले ट्रम्पविरूद्ध नारा लगाउँदै सडकमा उत्रेका छन् ।

प्रदर्शनकारीहरूले जलवायु परिवर्तनको विषयमा र्‍याली गर्दै ‘ट्रम्पलाई जलवायुको बाटोबाट हटिदेउ’ भन्ने नारा लगाएका छन् ।

पेन्सेल्भेनियामा आयोजित र्‍यालीमा ट्रम्पले आफ्नोबारे गरिएका आलोचनामा पत्रकारसँग केही साइनो नै नभएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सञ्चारमाध्यम माथि आक्रोस पोखेका थिए ।

डोनाल्ड ट्रम्पले ह्वाइट हाउसद्वारा आयोजना गरिएको संवाददातासहितको डिनर मिटिङमा सहभागी नहुनेसमेत जनाएका छन् । सन् १९८१ मा रोनाल्ड रेगनपछि यस्तो वार्षिक कार्यक्रममा सहभागी नहुने उनी पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् ।

उनले पद्भार सम्मालेकोे सय दिन पुगेको अवसरमा उनका समर्थकहरूले र्‍याली आयोजना गरिएको थियो । ट्रम्पको कार्यकालमा सय दिनसम्म निकै उत्साहजनक र रचनात्मक भएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी