इस्लामिक स्टेटको आत्मघाती कार बम आक्रमणमा परी चार ट्राफिक प्रहरीको मृत्यु

इस्लामिक स्टेटको आत्मघाती कार बम आक्रमणमा परी चार ट्राफिक प्रहरीको मृत्यु

  • आइतवार, बैशाख १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

एजेन्सी, बैशाख १७ ।
इस्लामिक स्टेट आतंकवादी समूहद्वारा इराकको राजधानी बग्दादको मध्य भागमा गरिएको आत्मघाती कार बम आक्रमणमा परी चार जना ट्राफिक प्रहरी मारिएका छन् ।

बग्दादको कडा सुरक्षा रहेको तथा विदेशी सञ्चार संस्थानहरू एवं फ्रान्सेली दूताबासनजिकै रहेको ट्राफिक प्रहरीको कार्यालयलाई लक्षित गरी बम बिष्फोट गराइएको बताइएको छ । सोही क्षेत्रमा गत वर्षको जुलाईमा गराइएको बिष्फोटमा परी तीन सय २० जनाको ज्यान गएको थियो ।

इराकी सेनाले ठूलो क्षेत्र तथा शहरहरूमा कब्जा जमाई शासन गरेको इस्लामिक स्टेट आतंकवादी समूहलाई परास्त गर्दै दोश्रो ठूलो शहर मोसुलमा कारबाही जारी राख्दा इस्लामिक स्टेटले आत्मघाती आक्रमण तथा राजधानी बग्दादलाई लक्षित गरी आक्रमण थप बढाई रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी