‘वान बेल्ट वान रोड’ परियोजनामार्फत नेपाल दक्षिण एसियाकै हब बन्ने

‘वान बेल्ट वान रोड’ परियोजनामार्फत नेपाल दक्षिण एसियाकै हब बन्ने

  • शुक्रबार, बैशाख १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, बैशाख १५ ।
नेपाल विज्ञ चिनियाँ प्राध्यापकले चीनले अघि बढाएको वान बेल्ट वान रोड (ओबर) मार्फत नेपाल दक्षिण एसियाको ‘हव’ बन्न सक्ने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागद्वारा बिहीबार आयोजित अन्तरक्रियामा दक्षिण तथा पूर्वी एसिया विज्ञ सिचुवान विश्वविद्यालयका प्राध्यापक योङ थाईले चीनको औपचारिक सञ्जाल दक्षिण एसियासँग कमजोर रहेकाले नेपालमार्फत त्यो सञ्जाललाई अघि बढाउन सकिने बताए ।

उनले ओबरलाई सडक सञ्जालका रूपमा मात्र बुझ्न नहुने उल्लेख गरे । उनकाअनुसार आर्थिक सहायता, सहकार्य, पूर्वाधार लगानी, जनस्तरको सहकार्य र विकास प्रक्रियालगायतका सबै पक्ष यही ओबरमार्फत नै हुनेछ ।

चीनले अघि बढाएको र करिब ८० मुलुकको सहकार्य रहेको ओबरमार्फत नेपालले मात्र होइन, दक्षिण एसियाको सबै मुलुक ‘विन विन’ मा रहने उनको दाबी छ । ‘ओबरको अवधारणा चीनले ल्याए पनि यसको फाइदा चीनलाई मात्र छैन । नेपाल, भारत, बंगलादेश, पाकिस्तान, भुटान, श्रीलंका, माल्दिभ्स, अफगानिस्तानसहित मध्य पूर्वका मुलुकसम्मलाई छ,’ प्राध्यापक योङले भने ।

उनले चीन आसियान तथा अन्य मुलुकसँग जोडिइसकेको उल्लेख गर्दै अब जोडिन बाँकी दक्षिण एसियामात्र भएकाले यसका लागि नेपालको भूमिका महत्त्वपूर्ण रहने बताए । ‘आशा छ, नेपालले ओबरलाई बुझेर अघि बढ्नेछ,’ उनले भने ।

‘म साढे तीन वर्ष काठमाडौं बसेको थिएँ । नेपालका विभिन्न क्षेत्र घुमें । अध्ययन गरें । यहाँ विकास भइरहेको छ । यसलाई संगठित रूपमा अघि बढाउनमात्र बाँकी हो । केही विषयलाई ध्यान दिएर अघि बढ्ने हो भने नेपालको विकास टाढा छैन,’ प्राध्यापक योङले भने । कूटनीतिक मामिलाबारे अध्ययन गरिररहेका विद्यार्थीले नेपाल ओबरमा जाँदा के फाइदा होला भनेर सोधेको प्रश्नमा उनले भने, ‘नेपालमात्र होइन, यसबाट चीन पनि फाइदामा जान्छ । अबको विश्व भनेको पार्टनरसिप (संयुक्त लगानी) मा अघि बढ्ने हो । त्यसमा अडेर हामी अघि बढ्ने हो । नेपालको विकासमा लगानी आवश्यक छ । हामी लगानी गर्न खोजिरहेका छौं ।’

उनले चीन त्रिपक्षीय तथा बहुपक्षीय सहकार्य र लगानीमा अघि बढेको पनि बताए । नेपालको राजनीतिक घटनाक्रम, दलहरूको गतिविधि र अन्तर्रा्ष्ट्रिय सम्बन्धलाई चीनले आफ्ना ‘थिंक ट्यांक’ मार्फत नै नियालिरहेको अवस्थामा प्राध्यापक थाईको टोली नेपाल आएको हो । सरकारले ओबरमा लिखित समझदारी गर्न आगामी दुई सातापछि चीनमा हुने ओबरको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालबाट उच्चस्तरको सहभागिता गराउने तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी