एजेन्सी, बैशाख १३ ।
चीनद्वारा उत्तरी कोरियासँग विभिन्न मनमुटाबलाई ध्यान दिँदै आफ्नै मुलुकमा युद्ध बाहक जहाज बोक्ने नयाँ पानी जहाजको प्रबद्र्धन गरेको छ ।
चीनले आफ्नो घरेलु मैदानमा बनाएको लिआनिङपछिको यो दोश्रो जहाज हो । चीनको उत्तर–पूर्वी पोर्ट डालियानमा परीक्षण गरिएको उक्त जहाज निर्माणपश्चात् समुन्द्रमा पठाएको थियो ।
यसलाई सन् २०२० बाट परिचालन गर्ने लक्ष्य राखिएको स्थानीय समाचार एजेन्सीले उल्लेख गरेको छ । सो नयाँ जहाजमा सेनयाङ जे–१५ लडाकु जेट विमान तैनाथ रहने छ भने अमेरिकाको नौ सेनाले प्रयोग गर्ने युद्धपोट विमान भन्दा प्रविधिमा कम रहेको बीबीसीले उल्लेख गरेको छ ।
उत्तर–कोरिया क्रोधित हुँदै आणविक मिसाइल परीक्षण गरेको समयमा कोरियाली प्रायद्वीपमा अमेरिकाले युद्धपोट विमान र पनडुब्बी तैनाथ गरेको छ भने चीनले शान्त रहन आग्रहसमेत गरेको थियो ।
चीनले पछिल्लो पटक सन् २०१३ मा युद्ध बाहक पानी विमान सुरु गरेको थियो । यसलाई अन्य विमानहरूसँग चीनको जे–१५ विमान बोक्ने र आणविक प्रणोदन भन्दा पनि पारस्परिक सम्बन्धका लागि प्रयोगमा ल्याउने भनेर चीनको रक्षा मन्त्रालयले जनाएको छ ।