भेनेजुएलामा सरकार विरोध प्रदर्शनमा तीनको मृत्यु

भेनेजुएलामा सरकार विरोध प्रदर्शनमा तीनको मृत्यु

  • बिहिबार, बैशाख ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

एजेन्सी, बैशाख ७ ।
भेनेजुएलाको राष्ट्रपति निकोलस मडियोको सरकार विरूद्धको प्रर्दशनमा तीन जनाको मृत्यु भएको छ । भेनेजुएलाको राजधानी काराकासमा किशोरी र महिलाको सरकारी पक्षबाट गोली हानी हत्या गरेको हो ।

दशौं हजार मानिसले पुनः नयाँ राष्ट्रपति चुनावको माग गर्दै विरोधी पक्षका नेतालाई जेल चलान गर्नुपर्ने नारासहित सडक प्रर्दशन गरेको बेला प्रहरीले गोली हानी हत्या गरेको थियो ।

सोही प्रर्दशनको क्रममा पसल लुट्ने ३० जनालाई प्रहरीले प्रक्राउ गरेको छ । निकोलसका समर्थकहरूले काराकासमा निकालिएको प्रतिपक्षको विरोधी ¥यालीमा अवरोध पु¥याएका थिए ।

भेनेजएलामा सबैभन्दा ठूलो तेल भण्डारण क्षमता भएतापनि राजनैतिक उथलपुथलका कारण भेनेजुएलामा उच्च मुद्रास्फीति, व्याप्त अपराध भएकाले धेरै वर्षदेखि आधारभूत सर–सामानको अभाव भइरहेको छ भने भेनेजुयलामा यो हप्ता भरी नै धेरैजसो ठाउँमा प्रहरी र प्रर्दशनकारीबीच झडप भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी