एजेन्सी, बैशाख ६ ।
अमेरिकाका लागि ४१ औँ राष्ट्रपति बनेका पूर्वराष्ट्रपति जर्ज डब्लु बुस फोक्सो सुनिने रोग (निमोनिया) ले ग्रसित भएपछि गत शुक्रबार हौस्टन मेथोडिस्ट अस्पतालमा भर्ना भएका छन् ।
उनकोे स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार ल्याउनका लागि थप आरामको आवश्यकता पर्ने उनको उपचारमा संलग्न चिकित्सकहरूले सुझाव दिएका छन् ।
बुसका पारिवारिक श्रोतले जनाएअनुसार यसअघि गत जनवरीमा पनि स्वाश–प्रश्वासमा समस्या देखिएपछि उनलाई हौस्टन मेथोडिस्ट अस्पतालमा भर्ना गरिएको थियो ।
पूर्वराष्ट्रपति बुस सन् १९८९ देखि सन् १९९३ सम्म अमेरिकाका लागि राष्ट्रपति चुनिएका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline