९० सेकेण्डको अन्तरमा यात्रीमाथी सोह्र राउण्ड गोली प्रहार, तीनको मृत्यु

९० सेकेण्डको अन्तरमा यात्रीमाथी सोह्र राउण्ड गोली प्रहार, तीनको मृत्यु

  • बुधबार, बैशाख ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं, बैशाख ६ ।
अमेरिकाको क्यालिफोर्नियास्थित फ्रेस्नो शहरमा एक जना काला जातिका व्यक्तिले एउटा बसमा आक्रमण गर्दा तीन जना मारिएका छन् । आक्रमणमा अर्का एक जना घाइते भएका छन् ।

कोरी अली मोहम्मद नामक बन्दुकधारीले ९० सेकेण्डमा यात्रीमाथी १६ राउण्ड गोली प्रहार गरेको त्यहाँस्थित प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ गर्नुभन्दा अगाडि उनले अरबी भाषामा ईश्वरको नाम लिँदै चिच्याएको बताइएको छ । प्रहरीले यो घृणाको अपराध भए पनि आतंकवाद नभएको जनाएको छ ।

३९ वर्षीय मोहम्मदले गत हप्ता पनि होटलका एक जना सुरक्षा गार्डको हत्या प्रयास गरेका थिए ।

उनका बाबुले घटना श्वेत र अश्वेतबीच चलिरहेको संघर्षको हिंसा भएको बताएका छन् । अमेरिकामा बन्दुकसम्बन्धी हिंसाका कारण प्रत्येक वर्ष ३० हजारभन्दा बढीको ज्यान जाने गरेको तथ्याङ्क छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी