अमेरिकी युद्धपोत जहाज उत्तर कोरियाबाट टाढा

अमेरिकी युद्धपोत जहाज उत्तर कोरियाबाट टाढा

  • बुधबार, बैशाख ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

एजेन्सी, बैशाख ६ ।
अमेरिकाको युद्धपोत जहाज तथा अन्य सैनिक सामग्रीहरू उत्तर कोरियाली प्रायद्वीप छोडेर विपरीत दिशा भारतीय महासागर सुन्दा स्ट्रेटतर्फ गएको छ ।

अमेरिकी नौ सेना कार्ल भिजन हडतालको समूह तथा अरमाडालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता मात्र कोरियाली प्रायद्वीपमा पठाइएको थियो ।

अब अमेरिकी नौ सेना जहाजले अष्ट्रेलियाको सैनिकसँग संयुक्त रूपमा परिक्षण गर्ने अमेरिकी सैन्य प्यासिफिकका अधिकारीले जनाएको छ ।

उत्तर कोरियाले अमेरिकालाई चेतावनी स्वरूप उत्तर कोरियाले साप्ताहिक रूपमा आणविक मिसाइल परिक्षण गर्ने बताएका कारण अमेरिकाले उत्तर कोरियालाई भयभीत पार्न सो कदम चालेको हुन सक्ने बीबीसीले जनाएको छ ।

उत्तर कोरियाले साप्ताहिक कार्यक्रमअन्र्तगत आइतबार प्योङयाङमा सैनिक परेड गरेको लगतै अर्को मिसाइल परिक्षण गरेको पेन्टागनका सचिव जेम्सले बताए ।

उनले उत्तर कोरियाको चीनसँग राम्रो सम्बन्ध रहेको पनि खुलासा गरेको छ । अमेरिकाले आफ्नो सैनिक कोरियाली प्रायद्वीपबाट फिर्ता नलगे प्योङयाङले यसरी नै साप्ताहिक रूपमा आणविक मिसाइल परिक्षण गर्दै जाने र त्यसको कारणले विश्व युद्ध निम्त्याउन सक्ने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी