बेरोजगारीको समस्याका कारण अष्ट्रेलियामा दक्ष आप्रबासीको भिसा रद्द

बेरोजगारीको समस्याका कारण अष्ट्रेलियामा दक्ष आप्रबासीको भिसा रद्द

  • मङ्लबार, बैशाख ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी, बैशाख ५ ।
अष्ट्रेलियामा बढ्दै गइरहेको बेरोजगारी समस्या समाधान गर्नका लागि अष्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलले अष्ट्रेलियन सरकारले दक्ष आप्रबासीका लागि प्रदान गर्न लागेको चार सय ५७ वटा भिसा रद्द गर्ने घोषणा गरेका छन् ।

उनले विदेशी कामदारलाई नियुुक्त गर्नुअघि आफ्नै देशका नागरिकलाई पहिलो प्राथमिकता दिनु पनि बताएका छन् ।
प्रधानमन्त्री टर्नबुलले अष्ट्रेलिया बहुसांस्कृतिक मुलुक भएकाले स्थानीयस्तरमा रोजगारीको अवसर श्रृजना गर्न सक्ने बताए ।

अष्ट्रेलिया एक आप्रबासीहरूको मुलुक हो र सधैँ रहनेछ भन्दै उनले राष्ट्रिय स्वार्थको अनुसार आप्रबासी नीति बनाउनु आवश्यक रहेको पनि बताए । अष्ट्रेलियामा सन् २०१६ को सेप्टेम्बरसम्म चार सय ५७ वटा भिसामा रद्द गरेको र अहिले अष्ट्रेलियामा ९५ हजार सात सय ५७ जना आप्रबासी बसोबास रहेको जनाएको छ ।

अष्ट्रेलियाको सरकारले गरेको सो घोषणापश्चात् दक्ष कामदारको रूपमा त्यहाँ रहेका नेपालीहरू पनि प्रभावित हुन सक्ने सम्भावनासमेत बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी