एजेन्सी, बैशाख ४ ।
अमेरिकी उपराष्ट्रपति माइक पेन्सले दक्षिण कोरिया भ्रमणमा रहेका बेला आफ्नो मुलुकले उत्तर कोरियासँग भएको रणनीतिक धैर्यता समाप्त भएको बताएका छन् ।
उत्तर कोरियाले गरेको आणविक मिसाइल परीक्षण विफल भएको केही घण्टापछि नै अमेरिकी उपराष्ट्रपति पेन्स दक्षिण कोरिया पुगेका छन् ।
उनले आफ्नो बुबाले युद्ध गरेको दक्षिण कोरियाको गाउँमासमेत भ्रमण गरेका छन् त्यस गाउँमा युद्ध रोक्ने सन्धीसमेत भएको थियो ।
कोरियाली प्रायद्विपमा बढिरहेको तनावका बेलामा पनि अमेरिका र दक्षिण कोरियाका सैनिकहरूले संयुक्त रूपमा हवाई अभ्यास गरेको दक्षिण कोरियाली समाचार एजेन्सीले जनाएको छ ।
यसबाट उत्तर कोरियाविरुद्ध आक्रमण गर्ने तयारीका रूपमा रहेको बताएको छ । अमेरिकाले उत्तर कोरियामाथी आक्रमण गर्ने चेतावनी दिएको छ भने उत्तर कोरियाले यसको जवाफ पनि आणविक हतियारले नै दिने जवाफसमेत दिइसकेको छ ।