टर्कीमा अब सन् २०२९ सम्म रिसेप तैयप अर्दोगान राष्ट्रपति हुन सक्ने

टर्कीमा अब सन् २०२९ सम्म रिसेप तैयप अर्दोगान राष्ट्रपति हुन सक्ने

  • सोमवार, बैशाख ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

एजेन्सी, बैशाख ४ ।
टर्कीमा गरिएको जनमत संग्रहमा कार्यकारी राष्ट्रपति प्रणालीको पक्षमा रहेका राष्ट्रपति रिसेप तैयप अर्दोगानले बहुमत प्राप्त गरेका छन् । संसदीय व्यवस्था विस्थापन गरी कार्यकारी राष्ट्रपति शासनको पक्षमा ५१ दशमलव ३७ प्रतिशत तथा विपक्षमा ४८ दशमलव ६३ प्रतिशत मत प्राप्त गरेको छ ।

योसँगै रिसेप तैयप अर्दोगान सन् २०२९ सम्म राष्ट्रपति हुन सक्ने स्थानीय सञ्चार माध्यमले जनाएको छ । उक्त जनमत संग्रहमा ८५ प्रतिशत मत खसेको बताएको छ ।

अर्दोगानका समर्थकहरूले राष्ट्रपति शासनबाट अब आफ्नो मुलुकमा आधुनिकीकरणसहित विकास हुनेमा दाबी गरिरहेका छन् भने विरोधीहरूले निरंकुशता स्थापित गर्ने चालबाजीमा रहेका छन् ।

विपक्षी दलले यस निर्णयलाई चुनौतीको सामना गर्ने बताएका छन् । उनीहरूले मतगणना पुनः गर्न मागसमेत गरेका छन् । अब राष्ट्रपति एक्लैले मन्त्रीहरू नियुक्त गर्ने, फैसला जारी गर्ने, वरिष्ठ न्यायाधीश चुन्ने र संसद् भङ्ग गर्ने अधिकारसमेत पाउने भएका छन् ।

योसँगै टर्कीमा प्रधानमन्त्रीको पद हटाइने छ भने देशमा रहेका सम्पूर्ण कर्मचारीसहितको सारा शक्ति राष्ट्रपतिको हातमा रहने व्यवस्था रहेको छ ।

अर्दोगानले अब मुलुकमा फ्रान्स र अमेरिकासँग मिल्दोजुल्दो हुने गरी प्रणाली लागू गर्ने र कुर्द विद्रोह अन्त्य गर्ने, इस्लामिक अतिवाद हटाउने तथा सिरियाबाट आउने शरणार्थीसमेत व्यवस्थापन गर्ने जस्ता विषयमा निर्णय लिन सजिलो हुने बताए ।

अर्दोगान टर्कीमा एक दशकसम्म प्रधानमन्त्री भएपछि सन् २०१४ मा राष्ट्रपति बनेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी